अध्यक्ष पुनद्धारा पारिश्रमिकको रकम विद्यालयलाई सहयोग

  • ३१ बैशाख २०७६, मंगलवार
  • 1612 पटक पढिएको

सुरेन गुरुङ ,
रिमा ३१ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ हिस्तान रिमामा रहेको आदर्श माविलाई गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिको हैसियतमा प्राप्त गरेको रकमबाट सहयोग गर्नुभएको छ ।

विद्यालयमा मंगलबार भएको अभिभावक भेला, छात्रवृति तथा पुरस्कार वितरण कार्यक्रममा अध्यक्ष पुनले पचास हजार रुपैयाँ सहयोग गर्नुभएको हो । अध्यक्ष पुनले आफूले जनप्रतिनिधिको रुपमा प्राप्त गर्ने रकम कोषमा जम्मा गरेर शैक्षिक क्षेत्रमा परिचालन गर्ने घोषणा गर्दै सुरेन गुरूङ मार्फत विधालयलार्इ  हस्तान्तरणा गरिएकाे हाे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर गर्बुजाको अध्यक्षता, शिक्षिका सिर्जना पाइजाको सञ्चालन र शिक्षक बलराम रन्तिजाको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा वडा सदस्य टिका घताने, टिकोट माविका प्रअ प्रदिप पुन, टोल सुधार समितिका अध्यक्ष कुमबहादुर गर्बुजा र प्रअ कुमार गर्बुजाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।