कैदी बन्दीको स्वास्थ्य परिक्षण

  • ३१ बैशाख २०७६, मंगलवार
  • 1348 पटक पढिएको

 

बेनी ३१ बैशाख । बेनी नगरपालिका २ खबरामा रहेको जिल्ला कारागार शाखा म्याग्दीका कैदी बन्दीहरुको मंगलबार स्वास्थ्य परिक्षण गरिएको छ ।स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा कारागारभित्रै शिविर सञ्चालन गरेर मानसिक, सुगर र क्षयरोगको परिक्षण गरिएको हो ।

बेनी अस्पतालका डाक्टर रवीकान्त झा नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोलीले कारागारका कैदी बन्दीहरुको स्वास्थ्य परिक्षणका साथै परामर्श र निशूल्क औषधि वितरण सम्बन्धी सेवा दिएको थियो ।६ जना महिला सहित ९१ जना कैदी बन्दिको स्वास्थ्य परिक्षण गरिएको कारागार शाखाका प्रमुख जेलर राजेन्द्र शर्माले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी र प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीको उपस्थितिमा शिविर सञ्चालन गरिएको थियो ।