स्थानीय तहमा नेकपाको सपथ

  • ३१ बैशाख २०७६, मंगलवार
  • 1891 पटक पढिएको

बेनी १ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मालिका, अन्नपूर्ण र रघुगंगा गाउँपालिकामा गठन भएको संगठन कमिटिका पदाधिकारी तथा सदस्यहरुले सपथ लिएका छन ।  मालिका गाउँपालिकाको दरवाङ र अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा आइतबार तथा रघुगंगा गाउँपालिकाको मौवाफाँटमा सोमबार सपथ ग्रहण कार्यक्रम भएको थियो । अन्नपूर्ण गाउँपालिका संगठन कमिटिलाई जिल्ला संयन्त्र सदस्य तथा बेनी नगर कमिटि अध्यक्ष शेरबहादुर केसीले सपथग्रहण गराएका थिए ।

कार्यक्रममा नेकपाका जिल्ला सदस्य बुद्धि पुन, ओमप्रकाश फगामी, नारायण पुन, सुवास विक, शिक्षक महासंघ अन्नपूर्णका अध्यक्ष रमन पुन, जिल्ला सदस्य प्रदीप पुनले मन्तव्य राखेका थिए । कार्यक्रम अन्नपूर्ण गाउँ सङ्गठन कमिटी अध्यक्ष खड्ग गिरीको अध्यक्षता, सचिव पूर्णबहादुर पाईजाको सञ्चालन र सदस्य विष्णु नेपालीको स्वागतमा सम्पन्न भएको थियो ।
यसअघि अन्नपूर्ण गाउँपालिका–६, घारमा निर्वाचित नेकपाका पदाधिकारीहरुको शपथग्रहण गराइसकिएको छ । पूर्व सांसद तथा नेकपाको गण्डकी प्रदेश सदस्य नवराज शर्माको प्रमुख आतिथ्यमा शपथग्रहण गराइएको हो । यसैगरी मालिका गाउँपालिका संगठन कमिटिलाई प्रदेश कमिटि सदस्य नवराज शर्मा, जिल्ला संयन्त्र सदस्य बालकृष्ण सुवेदी र रेशम जुग्गालीको उपस्थितीमा सपथ ग्रहण गराइएको थियो ।
पालिका कमिटिका अध्यक्ष बेगप्रसाद गर्बुजाको अध्यक्षता र सचिव गोविन सिउथानीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । यसैगरी मौवाफाँटमा रघुगंगा गाउँपालिका कमिटिका अध्यक्ष दिपक कार्कीको अध्यक्षता र सचिव हरि भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा जिल्ला अध्यक्ष गोविन्द पौडेलले सपथ ग्रहण गराएक ाथि ए ।
यसअघि धवलागिरी र मंगला गाउँपालिका संगठन कमिटिलाई पूर्णता दिएर सपथ गराइएको थियो ।