विप्लब नेतृत्वको नेकपाद्धारा बेनीमा निर्वाचन प्रतिरोध जनसभामा शक्ति पर्दशन

  • १० बैशाख २०७४, आईतवार
  • 4244 पटक पढिएको

म्याग्दी, १० वैशाख । स्थानीय तहको निर्वाचन बहिस्कार गरेको नेपाल कम्युनिष्ट पार्टीले आईतवार बेनीमा निर्वाचन बहिस्कार प्रतिरोध सभा गरेको छ । नेत्र विक्रम चन्द्र (बिप्लब) नेतृत्वको सो पार्टीले निर्वाचन बहिस्कार अभियान अन्र्तगत एकिकृत जनजागरण तथा प्रतिरोध सभा गरेको हो ।

सो पार्टीको धौलागिरी व्युरोको आयोजनामा भएको सभामा बोल्दै नेपाल कम्युष्टि पार्टीका पोलिटब्यूरो सदस्य उमा भुजेलले स्थानीय तहको निर्वाचनले जनतालाई अधिकार सम्पन्न नगराउने भन्दै निर्वाचनलाई गाउँ गाउँबाटै अवरोध गरिने बताउनुभयो । उहाँले यो निर्वाचन गरिब जनतालाई शोषण गर्ने र हुनेखानेहरुको शासन स्थापित गर्ने प्रयास मात्रै रहेको भन्दै निर्वाचन बहिस्कारलाई अगाडी बढाउन आह्वान समेत गर्नुभयो ।

भुजेलले समाजवाद स्थापना गरि जनतालाई अधिकार सम्पन्न गराउनका लागि संसदीय व्यवस्थाको विरुद्धमा आबश्यक परे कडा संघर्ष गर्दै फेरी हतियार उठाउन सक्ने चेतावनी समेत दिनुभयो ।


म्याग्दी, पर्वत र बागलुङका विभिन्न ठाउँबाट समेत आएका नेकपा पार्टीका नेता तथा कार्यकर्ताहरुले नाराबाजी र पञ्जेवाजा सहित बेनी बजार परिक्रमा समेत गरेका थिए । बेनी नगरपालिकाको अगाडी आयोजित कोण सभा धौलागिरि इन्र्चाज पारसमणी केसीको अध्यक्षता, बागलुङ्ग इन्र्चाज विकरणको स्वागत र म्याग्दी इन्र्चाज गम बहादुर श्रीषको सञ्चालनमा सम्पन्न भएको थियो ।