म्याग्दीकी देवी मगरले कारसहित जितिन् ‘मिस नेशनल आइकन’काे उपाधि

  • १७ बैशाख २०७६, मंगलवार
  • 2662 पटक पढिएको

सौन्दर्य प्रतियोगिताको गरिमा र इज्ज्वत बढाउन विजेतालाई कार, स्कुटी र नगद पुरस्कार प्रदान गर्दै आएको आयोजक संस्थाका अध्यक्ष तथा गायक धनीराम राईले बताए । उनले भने, ‘हामीले सुरुदेखि नै विजेतालाई कार, स्कुटी र नगद स्टेजमै दिन्छौँ । जसले सौन्दर्य प्रतियोगिताप्रति गुम्दै गएको विश्वास जगाउने अपेक्षा गरेका छौँ ।

’ रोजिन शाक्यको कोरियोग्राफीमा आयोजित प्रतियोगिताको इभेन्ट मेनेजमेन्टको जिम्मेवारी सोनाम राई, मनुकुमारी लिङ्देन र जीवनजीत राईले बहन गरेका थिए । पुर्वमन्त्री तथा नेपाली कांग्रेसका प्रतिनिधी सभा सदस्य डा. नारायण खड्काको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको थियो । साभार ः screennepal.com