अन्नपूर्णमा शिक्षक महासंघको प्रथम गाउँपरिषद् सम्पन्न

  • ११ बैशाख २०७६, बुधबार
  • 2123 पटक पढिएको

सुरेन गुरुङ
पोखरेबग १० बैशाख । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा मंगलबार शिक्षक महासंघको प्रथम गाउँपरिष्द सम्पन्न भएको छ । सो कार्यक्रममा शिक्षक सेवा आयोगले हालै प्रकाशन गरेको नतिजा अनुसार स्थायी भएका शिक्षकहरुलाई बधाई ज्ञापन गरिएको थियो ।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा परिवर्तन, पर्यटन तथा पूर्वाधार विकासमा जोड दिइएको बताउँदै पालिकाको योजनामा साथदिन शिक्षकहरुलाई निर्देशन दिनुभयो । शैक्षिक गुणस्तर सुधार गरि सामुदायिक विद्यालयप्रती विश्वास र आकर्षण बनाउन शिक्षकहरुको योगदान आवश्यक रहेको अध्यक्ष पुनले बताउनुभयो । कार्यक्रममा उपाध्यक्ष केशमाया मगर, प्रमुख प्रशासकीय अधिकृत केदारनाथ शर्माले पनि शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

शिक्षक महासंघ अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष रमन पुनको अध्यक्षता, उपाध्यक्ष ठगराज पुन (प्रदिप)को स्वागत मन्तब्य र सचिव केदार कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । परिषद्मा शिक्षकहरुको समस्या र पेशागत हक हितका लागि गर्नुपर्ने नीतिगत सुधारका विषयमा छलफल भएको थियो ।