पार्टी स्थापना दिवसको अवसरमा श्रमदान गरि सडक मर्मत (फोटो फिचर)

  • ९ बैशाख २०७६, सोमबार
  • 2027 पटक पढिएको

बेनी, ९ वैशाख । नेपाल कम्युनिष्ट पार्टीको ७० औँ स्थापना दिवसको अवसरमा नेकपा म्याग्दीले श्रमदान गरि सडक मर्मत गरेको छ । बेनी नगरपालिका–२ मा पर्ने हाँडेभिरमा सोमबार विहान दुई घण्टा श्रमदान गरि नेकपा म्याग्दीका नेता तथा कार्यकर्ताहरुले सडक मर्मत गरेका हुन् ।

बेनी–बागलुङ सडक खण्ड अन्र्तगत पर्ने हाँडेभिरमा सडक जिर्ण बन्दा सवारी आगमन नै प्रभावित हुँदै आएको थियो । जिर्ण बनेको सडकको खाल्टाखुल्टीलाई बाहिरबाट ढुंगा र माटो ल्याएर सम्याएर मर्मत गरिएको नेकपाका नेता बालकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

श्रमदानमा नेकपा म्याग्दीका जिल्ला स्तरका नेतादेखि विद्यार्थी, युवा, महिला लगायतका जनबर्गिय संगठनका नेता तथा कार्यकर्ताहरुले सहभागीता जनाएका थिए ।