बास्कुनामा बाढीले सडक, खानेपानी र सिचाई आयोजनामा क्षति

  • ४ बैशाख २०७६, बुधबार
  • 1716 पटक पढिएको

बेनी ४ बैशाख । बेनी नगरपालिका ४ बास्कुनामा मंगलबारको बर्षापछि आएको बाढीले सडक, खानेपानी र सिचाई आयोजनामा क्षति पु¥याएको छ । भकिम्ली हुदै आउने छहरेखोलामा आएको बाढीले हाडेभिर–बरंजा सडक, बास्कुना खानेपानी र सिचाई आयोजनामा क्षति पु¥याएको हो ।

बाढीले सडक बगाएपछि बेनी देखि बगरफाँट सुर्केमेला बास्कुना थामडाँडा हुदै मंगला गाउँपालिकाको ३ र ४ नम्बर वडामा पर्ने बरंजा जोड्ने हाडेभिर–बरंजा सडक अवरुद्ध भएको छ । यसैगरी बास्कुना खानेपानी आयोजनाको इन्टेक र पाँच सय मिटर पाइप बगाएको उपभोक्ता समितिका सचिव शेरबहादुर खत्रीले बताउनुभयो । उहाँका अनुसार ५०० एमएमको दुई सय ५०, एक इञ्चको डेड सय र ३२ एमएमको एक सय मिटर पाइप बाढीले बगाएको छ ।

सुन्तला खेतीको पकेट क्षेत्र बास्कुनामा सिचाई आयोजनाको पाइप पनि बाढीले बगाएको छ । ४१ घरधुरीमा खानेपानी आपूर्ती बन्द भएको छ । बाढीले पु¥याएको क्षतिका बारेमा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, बेनपा ४ का वडा अध्यक्ष गोविन्द पौडेल, ३ का अध्यक्ष पदम पुन लगायत जनप्रतिनिधी र सुरक्षा निकायलाई जानकारी गराएको स्थानीयले बताएका छन् ।

हाँडेभिर–बरंजा सडक उपभोक्ता समितिका अध्यक्ष राजु गुरुङले सडक मर्मत गरेर सञ्चालनको पहल गरिएको बताउनुभयो ।