ग्रिन डेभलपमेन्ट बैंकको दरबाङमा ९ औं शाखा स्थापना

  • ४ बैशाख २०७६, बुधबार
  • 1584 पटक पढिएको

साधन राम्जाली
म्याग्दी ४ बैशाख । म्याग्दीको दोस्रो सदरमुकामले परिचित दरबाङ बजारमा ग्रिन डेभलपमेन्ट बैंकले शाखा विस्तार गरेको छ । मालिका गाउँपालिका ६ दरबाङमा गत पुस ११ गते देखी कारोबार सुरु गरेको शाखाको मंगलबार एक कार्यक्रमका विच उद्घाटन गरिएको हो ।


बागलुङमा केन्द्रिय कार्यालय रहेको बैंकले दरबाङमा नवौं शाखा विस्तार गरेको हो । शाखाको सञ्चालक समितिका अध्यक्ष गणेशकुमार श्रेष्ठ र गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
शाखाको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि समेत रहनुभएका गाउँपालिका अध्यक्ष रोका मगरले ग्रामीण भुगोललाई समेटीएको दरबाङमा बैँक स्थापना हुनु सिंगो गाउँपालिकाको लागि सकरात्मक पक्ष रहेको बताउनुहुँदै शुभकामना व्यक्त गर्नुुभयो ।


उहाँले बैँक स्थापना संगै गाउँपालिका र छिमेकी गाउँपालिकाका ग्रामिण भेगका जनताहरुलाई पैसा जम्मा गर्न, झिक्न र व्यवसायिक कारोबारमा सहज हुने विश्वास व्यक्त गर्नुभयो । बागलुङ, म्याग्दी र कास्की कार्यक्षेत्र रहेको बैंकको शाखा मार्फत विभिन्न शिर्षकमा कर्जा लगानी, निक्षेप संकलन लगायत वित्तिय सुबिधा उपलब्ध गराइने प्रबन्धक हेमराज शर्माले जानकारी दिनुभयो ।


बैदेशिक रोजगारी मार्फत भित्रने रेमिटेन्सलाई कृषि, साना तथा मझौला उद्योगमा प्राथमिकताका साथ लगानी गर्ने संचालक समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो । अध्यक्ष श्रेष्ठको अध्यक्षता , गाउँपालिका अध्यक्ष रोका मगरको प्रमुख आतिथ्यता प्रबन्धक शर्माको संचालन र संचालक समितिका सदस्य दिपेन्द्र श्रेष्ठको स्वागत मन्तव्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।