थकाली सेवा समिति दरवाङ क्षेत्रलाई सहयोग

  • ४ बैशाख २०७६, बुधबार
  • 1632 पटक पढिएको

बेनी ४ चैत । थकाली सेवा समिति दरवाङ क्षेत्रलाई एक दम्पतीले साढे तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । काठमाडौ टोखा नगरपालिका ९ गोगंबुका पदम र लीला तुलाचनले सहयोग गर्नुभएको हो । लीलाका बुवा हिरा शेरचनको स्मृतिमा सहयोग गर्नुभएको थकाली समितिका अध्यक्ष बिनोद भट्टचनले जानकारी दिनुभयो ।

तुलाचनले समितिको भवन निर्माण र जग्गा खरिदका लागि सहयोग उपलब्ध गराउनुभएको हो । सहयोगदाता तुलाचनद्धयलाई मंगलबार रातोढुङ्गामा आयोजित कार्यक्रममा सम्मान गरिएको छ । थकाली सेवा समिति दरवाङ क्षेत्रका अध्यक्ष बिनोद भट्टचनको अध्यक्षता, सचिव धनबहादुर भट्टचनको सञ्चालन र केन्द्रिय सदस्य बलबहादुर भट्टचनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

समितिमा दरवाङ, ताकम, बाबियाचौर, तातोपानी र आसपासका क्षेत्रमा बसोबास गर्ने थकाली समुदाय आवद्ध छन् । जग्गा व्यवस्थापन गरेर भवन निर्माणको तयारी गरिएको समितिले जनाएको छ ।