आँसुको मुल फुट्ने पक्का भो पञ्चेबाजा जापानमा बिमोचन हुँदै

  • १० बैशाख २०७४, आईतवार
  • 3788 पटक पढिएको

 म्याग्दी, १० वैशाख । म्याग्दीको धौलागिरी गाँउपालिका अन्र्तगत पर्ने मल्कबाङ्गका लोकदोहोरी गाएक हिरा बुढाथोकी र म्याग्दीकै कलाकार सारा पुनको पञ्चेबाजा गीत  आँसुको मुल फुट्ने पक्का भो  बजारमा आउने भएको छ ।

 

गित रेकर्ड गरि म्युजीक भिडियो समेत तयार गरिएको सो गितको जापानमा बिमोचन हुने भएको छ । आगामी अप्रिल ३० मा जापानको योकोहामा, खान्नाइमा एक कार्यक्रमका बिच सार्वजनिक हुन लागेको उक्त म्युजीक भिडियो कन्चन सुशिल म्युजिक प्रा.लि. द्धारा बजारमा आउन लागेको हो ।

सो गितको म्युजीक भिडियो भने सफल फिल्मस पोखराले तयार गरेको छ । खेम पुनको लय तथा शब्द संकलन रहेको सो गितमा झलक संगीतमले संगीत भरेका छन् । सो गितको म्युजीक भिडियोमा इश्वर सिंह र सुनिता परियारले अभिनय गर्नुभएको छ ।