न्यू नवज्योतिको नयाँ वर्ष मेला वैशाख दोस्रो हप्तादेखि सुरू हुने

  • ३ बैशाख २०७६, मंगलवार
  • 1419 पटक पढिएको

थम्मन थापा

वैशाख ३ गलकोट । न्यू नवज्योति युवा कल्व गलकोट नगरपालिका ७ मल्म बागलुङको बैठक आज सम्पन्न भएको छ । बैठकले वैशाख ११ गतेदेखि १४ गतेसम्म संस्थाको २१ औं वार्षिकोत्सव तथा नयाॅ वर्ष मेला आयोजना गर्ने निर्णय गरेको छ । वार्षिकोत्सवको अवसरमा साविकको वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता, खुल्ला सामुहिक लोक नृत्य प्रतियोगिता, पुरुष तथा महिला रस्साकसी प्रतियोगिता लगायतका कार्यक्रमहरु गरिने संस्थाका महासचिव रुद्र केसीले जानकारी दिनुभयो ।

पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशी क्रमश प्रथम नगद रु ५१ हजार र द्वितिय रु ३० हजार, सामुहिक नृत्य प्रतियोगितामा पुरस्कार राशी क्रमश प्रथम नगद रु १० हजार, द्वितिय रु ६ हजार र तृतिय रु ३ हजार त्यस्तै पुरुष तथा महिला रस्साकसीको विजेता टिमलाई नगद रु ६ हजार प्रदान गरिने कल्वले जनाएको छ । मेलामा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सांगितिक प्रस्तुति रहने बताईएको छ ।

कल्वले स्थापनाकाल देखि नै विभिन्न समयमा स्थानिय स्तरमा आफनो सेवा क्षेत्रको समुदायलाई लक्षित गरि बाटो घाटो निर्माण टोल सरसफाई, विकृति विसंगति न्यूनिकरण लगायतका सामाजिक कृयाकलाप गर्दै आईरहेको छ । बैठक न्यू नवज्योति युवा कल्व गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष सुरेन्द्र केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।