कोसेपानि युवा कल्बद्धारा नयाँ बर्षको अबसरमा सुभकामना आदानप्रदान

  • २ बैशाख २०७६, सोमबार
  • 2181 पटक पढिएको

तिलु शर्मा पौडेल

म्याग्दी जिल्ला बेनी नगरपालिका ९ (साबिक घतान ४) कोसेपानिमा केहि महिना पहिले गठन भएको कोसेपानि युवा कल्बले नयाँ बर्षको अबसरमा सुभकामना आदानप्रदान सहित क्लबका अध्यक्षको बिदाइ तथा सार्बजनिक सुनुवाई कार्यक्रम समपन्न गरेको छ l क्लबका अध्यक्ष दिपक कार्किको सभापतित्व तथा बेनी नगरपालिका वडा न ९ का वडा अध्यक्ष बेल बहादुर चोखालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वडा सदस्य अम्मर बस्नेत , गलेस्वर ठुलो सल्लेरीका अध्यक्ष पुण्य चोखाल बिसेष अतिथि रहेका थिए भने घतान ग्रामिण सहकारीका अध्यक्ष रुद्र रेग्मी ,स्यालिखेत प्रा बि का प्र अ मन बहादुर खड्का , ढल्केढुङ्गा सामुदायिक बनका अध्यक्ष राजन खत्री ,रास्ट्रीय मा बि का प्रतिनीधि फौज बहादुर चोखाल, समाज सेबी टेक बहादुर बानिया रहेका थिए ।

उक्त कार्यक्रमले क्लबको निर्माणाधीन खेलकुद मैदान निर्माणका लागि सहयोग गर्ने जग्गादातालाइ सम्मान, बिबिध सास्कृतिक कार्यक्रम सहित कोसेपानिका बृद्द चन्द्रबहादुर कार्किलाई केहि नगद रकम सहित सम्मान गरेको छ । साथै क्लबले आय व्यय बिबरण पनि सार्बजनिक गरेको छ । तिन लाख २ हजार ९ सय पचास कुल आम्दानि गरेको क्लबले ४ लाख ९ हजार ९५ रुपिया खर्च भएको जनाउदै प्रतिबद्धता भएको ८५ हजार ६ सय ८७ रुपैया उठन बाँकी रहेको जनाएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले कल्बको प्रशसा गरेका थिए ।

कार्यक्रमको अन्त्य तिर बोल्दै प्रमुख अतिथि चोखालले आफनो बर्कतले भ्याए सम्म कल्बलाइ सक्दो सहयोग गर्ने बचनबद्धता जनाए । कल्बका सचिब बिशाल थापाले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति कार्कीले ससारको जुन कुनामा रहे पनि आफुले क्लब र समाजको हितमा काम गर्ने प्रतिबद्धताजनाएका थिए ।