लेवनान अध्यागमनद्वारा अधिकारकर्मी सुशिला रानालाई देश निकाला

  • २७ कार्तिक २०७३, शनिबार
  • 2241 पटक पढिएको

काठमाडौं – लेवनान अध्यागमले महिला अधिकारकर्मी सुशिला (सुजना) रानालाई ‘डिपोट’ गरेको छ ।

नारी ग्रुप लेवनानकी अध्यक्ष समेत रहेकी रानालाई १० दिनअघि अध्यागमन प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको थियो । देश निकाला गर्न प्रहरीले हिजो साँझ रानालाई विमानस्थल पुर्‍याएको थियो । उहाँ आइतबार दिउँसो नेपाल आइपुग्नुहुनेछ ।

अवैधानिक नेपाली महिलालाई सघाएको र घरेलु कामदार भएर अधिकारकर्मी भएको आरोपमा अध्यागमनले उहाँलाई ‘डिपोट’ गरेको हो । बिना गल्ती रानालाई देश निकाला गरिएको भन्दै स्थानीय अधिकारीवादी संस्थाहरुले विरोध गरेका छन् । #ujyalo90