अन्नपूर्ण गाउँपालीकामा माओवादीका उमेद्वार घोषणा

  • ९ बैशाख २०७४, शनिबार
  • 3763 पटक पढिएको

म्याग्दी, ९ वैशाख । नेकपा माओवादी केन्द्र अन्नपूर्ण गाउँपालीकाले आगामी ३१ गते हुने स्थानीय तह निर्वाचनका उमेद्वारहरु शनिबार सार्वजनिक गरेको छ ।

केन्द्रिय कार्यक्रम अनुसार पार्टी स्थापना तथा लेलिन दिवसको अवसर पारेर ठूलोबगरमा रहेको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालीकाको अध्यक्षमा कुलबिर राम्जाली र उपाध्यक्षमा लालकुमारी पुनको उमेद्वारी घोषणा भएको हो ।

दोवामा शेरबहादुर गर्बुजा, भुरुङ तातोपानीमा ओमप्रसाद फगामी, दानामा लालबहादुर तिलीजा, नारच्याङमा नन्दबहादुर तिलीजा, शिखमा बागबिर पाईजा, घारमा नानीमाया बरुवाल, हिस्तानमा भक्तबहादुर पुन र राम्चेमा थमनबहादुर तिलीजा वडा अध्यक्षको उमेद्वार हुने माओवादी केन्द्रका नेता वुद्धी पुनले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालीकाको अध्यक्षमा नेपाली काँग्रेसले डमबहादुर पुन र एमालेले नारायण पुनलाई उमेद्वार बनाउने सर्वसम्मत निर्णय गरेका छन् । दुई वटा पार्टीले उपाध्यक्ष र केही वडाहरुमा उमेद्वार चयन गर्न बाँकी छ ।