पर्यटन महोत्सव : समयसिमाभित्र कार्यक्रम नसकेको भन्दै प्रशासनको हस्तक्षप

  • ३० चैत्र २०७५, शनिबार
  • 3328 पटक पढिएको

बेनी, ३० चैत । बेनीमा ग्रामीण सामुदायिक विकास मञ्चद्धारा सञ्चालित  रेडियो म्याग्दी १०४.४ मेगाहर्जले ११ औँ बार्षिकोत्सव र नयाँ बर्षको अवसरमा आयोजना गरेको प्रथम पर्यटन महोत्सवमा प्रशासनले हस्तक्षप गरेको छ । चैत २३ गतेबाट सूरु भएको महोत्सवलाई छोट्याएर सम्पन्न गर्न निर्देशन दिएको प्रशासनले शनिवार विहानदेखि महोत्सव स्थलमा हस्तक्षप गरि महोत्सवलाई बन्द गराएको हो ।


महोत्सवमा समावेश गरिएको लोकदोहोरी गीत प्रतियोगीता लगायतका कार्यक्रमको फाइनल समापन नहुँदै प्रशासनले हस्तक्षप गरेको रेडियोले जनाएको छ । प्रतिकुल मौसमको कारण शुक्रवार सम्पन्न हुन नसकेको लोक दोहोरीको फाईनल र महोत्सवको समापन कार्यक्रम शनिवार सम्पन्न गर्ने तयारी गरिएपनि प्रहरी र प्रशासनबाट दमनकारी हस्तक्षप भएको रेडियोका स्टेशन म्यानेजर भरत रकालले बताउनुभयो ।


उहाँले सञ्चार माध्ययमले आयोजना गरेको महोत्सवमा प्रशासनले अदृष्य रुपमा महोत्सवलाई असफल बनाउन लागेका शक्तिको दबाब र सत्ताको शक्तिको दुरुपयोग गरि हस्तक्षप गरेको आरोप लगाउनुभयो । पछिल्लो समयको शान्ति सुरक्षालाई मध्यनजर गरि महोत्सलाई चैत २७ गतेसम्म सञ्चालन गर्न अनुमति दिईएको भएपनि आयोजकले अटेरी गरि समायावधि लम्बाएपछि बाध्य भएर हस्तक्षप गर्नुपरेको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनुभयो ।

??

उहाँले आयोजकको आग्रह बमोजिम महोत्सवलाई एक दिन समायावधि थप गरिएपनि प्रशासनको निर्देशन र आग्रहलाई बेवास्था गरि महोत्सवलाई लम्बाउने चलखेल गरेपछि शनिवार विहानदेखि महोत्सवलाई बन्द गराईएको बताउनुभयो । महोत्सवले स्थानीय व्यवसायिको गुनासो बढाएको, महोत्सव स्थलमा मदिराजन्य पदार्थको खुलमखुला विक्रिवितरण, कला संस्कृति संरक्षणको बाहनामा विकृति भित्र्याएको, युवायुवति गलत कार्यमा फस्ने खतरा बढेको र शान्ति सुरक्षामा असर पु¥याएको प्रशासनको ठहर छ ।
चैत २१ गतेबाट वैशाख १ गतेसम्म सञ्चालन गर्ने गरि सुरु गर्ने भनिएको महोत्सव सुरु नहुँदै विवादमा तानिएको थियो ।

स्थानीय व्यवसायिको अदृष्य असहयोग र प्रशासनले शान्ति सुरक्षाको कारण महोत्सवको समायावधि घटाउन निर्देशन र आग्रह गरेपछि २१ गते सुरु गर्ने भनिएको महोत्सव चैत २३ गतेबाट मात्रै सूरु गरिएको थियो ।  शनिवार विहान प्रहरीले महोत्सव स्थलको प्यानर च्यात्ने, आयोजकलाई समेत महोत्सव स्थलमा प्रवेशमा रोक लगाउने कार्य गरेको भन्दै रेडियोले प्रशासनको विरोध गरेको छ । प्रशासनले सुरुमा बैशाख १ गतेसम्म नै महोत्सव सञ्चाल गर्न अनुमति दिए अनुसार नै महोत्सवको आबश्यक तयारी हुँदाहुँदै प्रशासन र राजनीतिक दलहरुको समेत आग्रहमा महोत्सवाई निर्धारित समयभन्दा दुई दिन पछिबाट सञ्चालन गरिएपनि प्रशासनबाट विभिन्न बाहनामा निरन्तर हस्तक्षप भएको रेडियोले आरोप लगाएको छ ।