बावियाचौरमा आधारभूत पत्रकारिता तालिम

  • २९ चैत्र २०७५, शुक्रबार
  • 1849 पटक पढिएको


चैत २९ गते । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा शुक्रवार देखि आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । मंगला गाउँपालिकाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वय र म्याग्दी मिडिया सोसाइटीको आयोजनामा दुइदिने तालिमको आयोजना गरिएको हो । शनिवार सम्म सञ्चालन हुने तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले गरेका हुन् ।

तालिमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले संचारमाध्यममा गाउँपालिकाको पहुँच वृद्धिका लागि तालिम उपयोगी बन्ने बताए । गाउँपालिकाको विकास र समृद्धिका लागि संचार सहयोगी माध्यम भएकाले गाउँपालिकामा पत्रकार उत्पादन गर्नका लागि तालिमको आयोजना गरिएको उनले बताए ।


स्थानीय सरकारलाई बलियो र संस्थागत गर्नका लागि चौथो अंगको भूमिका महत्वपूर्ण हुने उनको भनाई थियो । पत्रकारहरुले गलत क्रियाकलापको खबरदारी र सकरात्मक गतिविधिहरुको प्रचारप्रसार गरी जनप्रतिनिधि र कर्मचारीहरुलाई प्रोत्साहन गर्न उनले पत्रकारहरुलाई अनुरोध गरेका थिए ‘पत्रकारले नकरात्मक भन्दा पनि सकरात्मक कामलाई प्रचारप्रसार गरी नागरिकमा सहि सूचना प्रवाह गर्नुपर्दछ ।’ नागरिकहरुमा सहि सूचना प्रवाह भयो भने मात्र विकास र समृद्धि हाँसिल हुने उनले बताए ।


गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले पत्रकारिताको विकासमा सहयोग पु¥याउन तालिम सहयोगी हुने अपेक्षा व्यक्त गरिन् । गाउँपालिकामा उत्पादन भएका समाचारहरु जिल्ला र राष्ट्रियस्तरका संचारमाध्यमहरुमा पु¥याउनका लागि स्थानीय स्तरमा पत्रकार उत्पादन गर्न लागिएको उनले बताईन । प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले स्थानीय तहमा भएका राम्रा पक्षलाई सञ्चार माध्यममा पु¥याउन तालिम उपयोगि हुने विश्वास व्यक्त गरे । उनले अहिलेको व्यवस्थालाई सफल पार्नका लागि पत्रकारहरुले स्थानीय तहले गरेको सकरात्मक क्रियाकलापहरुको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिईन ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माले स्थानीय तहमा पत्रकारिताको विकासका लागि तालिम उपयोगी हुने विश्वास व्यक्त गरेका थिए । पत्रकारहरुले स्थानीय तहको निगरानी, खबरदारी र रचनात्मक कामको प्रवद्र्धन लागि स्थानीयस्तरमा पत्रकारिताको विकास आवश्यक रहेको बताए ।  दुइ दिन सम्म सञ्चालन हुने तालिममा ५ वटै वडाबाट ३० जनाको सहभागिता रहेको छ । तालिमको पहिलो दिन नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्मा,संस्थापक अध्यक्ष घनश्याम खड्का र हरिकृष्ण गौतमले सहजीकरण गरेका थिए । म्याग्दी मिडिया सोसाइटीका अध्यक्ष कमल खत्रीको अध्यक्षता, उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत र सचिव अमित विश्वकर्माले सञ्चालनमा तालिमको उद्घाटन सत्र सम्पन्न भएको थियो ।

?