गलेश्वर ठुलो सल्लेरी सामुदायिक वनमा, दिगो बैज्ञानिक वन ब्यवस्थापन गुरुयोजना निर्माण

  • २९ चैत्र २०७५, शुक्रबार
  • धिरन खत्री
  • 2357 पटक पढिएको

धिरन खत्री,

म्याग्दी, २९ चैत । दिगो वन ब्यवस्थापन, रोजगारी र आम्दानी बृद्धि गर्नका लागि गलेश्वर ठुलो सल्लेरी सामुदायिक वनले बैज्ञानिक वन ब्यस्थापन गुरुयोजना निर्माण गरेको छ । बेनी नगरपालिका–९ वडामा रहेको ठुलो सल्लेरी सामुदायिक वनले गुरुयोजना निर्माण गरेको हो ।


गलेश्वर ठुलो सल्लेरी सामुदायिक वन उपभोक्ता समितिको २३ औँ साधारणसभा तथा ८ औ अधिवेशनको अवसरमा ३४ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक बनलाई ५० बर्षको गुरुयोजनासहित ५ भागमा विभाजन गरेर दिगो बैज्ञानिक वन ब्यवस्थापन सुरु गर्ने योजना भेलाले पारित गरेको अध्यक्ष पुन्य चोखालले बताए ।


म्याग्दी जिल्ला अन्तर्गत ठुलो सल्लेरी सामुदायिक वनले बैज्ञानिक ब्यवस्थापन योजना निर्माण गरेको हो । उपभोक्ता समितिका अध्यक्ष पुण्यबहादृुर चोखालको अध्यक्षतामा भएको साधारण सभामा बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठले परम्परागत रुपमा विकास भएको वनले समुदाय र राज्यलाई ठुलो फाईदा दिन नसकेको बताउदै स्थानीय तहले देशबाट हुने काठ आयातलाई रोक्न निर्यातलाई बढाउन बैज्ञानिक ब्यवस्थापनलाई प्राथमिकता दिने बताए ।

उनले ठुलो सल्लेरीले गर्न लागेको बैज्ञानिक ब्यवस्थापन योजना सफल बनाउन स्थानीय तहले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । डिभिजन वन कार्यालय म्याग्दीका डिभिजन वन अधिकृत हरिश्चन्द्र सापकोटाले दिगो बैज्ञानिक वन ब्यवस्थापनले रोजगारी, आर्थिक बृद्धि, आर्यआर्जनले राजश्वमा वृद्धि र समुदायको पुर्वाधार निर्माणमा सहयोग पुग्ने बताए । म्याग्दीमा बैज्ञानिक ब्यवस्थापन सूरु गर्न सकेमा पुराना रुखहरु काटेर आम्दानी लिन सकिने र नयाँ विरुवाले समयमै हुर्कन पाउने, काठको उत्पादन बढ्न, रोजगारी सिर्जनाका लागि बैज्ञानिक ब्यवस्थापन महत्वपुर्ण रहेको डिभिजन वन कार्यालका रेन्जर हरि अधिकारीले बताए ।


ठुला रुखको समयमै आम्दानी र साना विरुवालाई समयमै हुर्कन दिनका लागि समुदायका सार्वजनिक हितको लागि आम्दानी बढाउन बैज्ञानिक वन ब्यवस्थापनको योजना निर्माण गरेको अध्यक्ष चोखालले जानकारी दिए । सो साधारण सभामा वडा अध्यक्ष वेलबहादुर चोखाले बैज्ञानिक वन ब्यवस्थापन सफल बनाएर जिल्लामा उदाहरण वन्नका लागि उपभोक्ताहरुको भुमिका महत्वपुर्ण रहेको बताए ।
त्यस्तै समितका पुर्व उपाध्यक्ष याम चोखाल, सहसचिव रुद्र रेग्मी समाजसेवी चक्र केसीले शुभकामना मन्तव्य राखेका थिए । उपाध्यक्ष रिता चोखालको स्वागत मन्तव्य रहेको कार्यक्तमको संचालन सल्लाकार राम्जी सुवेदीको गरेका थिए । उपभोक्ताहरुको बाख्लो उपस्थितमा भएको कार्यक्रममा प्रगति प्रतिवदेन सचिव सरस्वती सुवेदी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष हिरा चोखालले प्रस्तुत गरेका थिए । सो साधारणसभा तथा अधिवेशनबाट नया कार्यसमिति चयन गरिने छ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l