पुलाचौर र कुहुँमा राजमोको चुनाव प्रचार समिति गठन

  • ९ बैशाख २०७४, शनिबार
  • 1821 पटक पढिएको

राष्ट्रिय जनमोर्चा म्याग्दीले बेनी नगरपालीका ५ पुलाचौर र मंगला गाउँपालीका १ कुहुँमा वडा कमिटि गठन गरेको छ ।

प्रेमबहादुर दर्जीको अध्यक्षतामा पुलाचौरमा गठन भएको कमिटीको उपाध्यक्षमा हिराबहादुर दर्जी, सचिवमा हर्कबहादुर दर्जी, कोषाध्यक्षमा बलबहादुर दर्जी, सदस्यमा योगेन्द्र परियार र लक्ष्मी परियार रहनुभएको छ ।

यसैगरी कुहुँमा टेकमान रसाईलीको अध्यक्षतामा गठन भएको वडा कमिटिको उपाध्यक्षमा बिरबहादुर दर्जी, सचिवमा ओम श्रीपाली, कोषाध्यक्षमा मिना दर्जी, सदस्यहरुमा विश्वास पौडेल, मनकुमारी दर्जी, कृष्ण रामदाम, मनमाया दर्जी र सुन्तली दर्जी रहनुभएको छ ।
राष्ट्रिय जनमोर्चा म्याग्दीका अध्यक्ष तथा मालीका गाउँपालीकाको अध्यक्षका उमेद्वार छवी विश्वकर्मा, बेनपाको प्रमुखका उमेद्वार फौजबहादुर कार्की र उपप्रमुखका उमेद्वार भुमाकुमारी कार्की (बिष्णु)को उपस्थितीमा भेला सम्पन्न भएको थियो ।  राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर प्रचारप्रसार र संगठन विस्तारलाई तिब्रता दिएको छ ।