म्याग्दी उद्वार समिती बहराइनको १०’औ साधारण सभाबाट नयाँ कार्यसमिती चयन

  • ६ पुष २०७३, बुधबार
  • 2135 पटक पढिएको

गत शुक्रबार “म्याग्दीमा विकास र स्थायीत्व सम्पूर्ण म्याग्दीवासीको दायित्व” भन्ने मूल नाराका साथ बहराईनको राजधानी मनमा स्थित नेपाली क्लब बहराईनको सभाहलमा तेज बहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गर्दै म्याग्दी उद्वार समिती बहराइनको १०’औ साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाको निर्बाचनबाट नयाँ कार्यसमिती गठन हुँदै आएकोमा यसपटक निर्बिरोध समिती गाठन भएको सभालाई उदृत गर्दै पुर्व साँस्कृतिक सचिब तथा नवनिर्बाचित सह सचिब प्रबिण छन्त्यालले जनाकारी गराएका छन । छन्त्यालका अनुसार नव गठित कार्यसमितीमा अध्यक्ष तेजेन्द्र थापा , प्रथम उपाध्यक्ष लोक राम्जाली , द्वितिय उपाअध्यक्ष कुमार तिलिजा , महासचिब भक्त सिंन्काजा पुन , सचिब सुरेश गर्बुजा , सहसचिब प्रबिण छन्त्याल ,कोषाध्यक्ष बिकास पाईजा , खेलकुद सचिब टिका केसी र कार्यकारीणी संयोजक राम चन्द्र पौडेल रहेकाछन।

नव निर्बाचित अध्यक्ष थापाले सभालाई सम्बोधन गर्दै समितिले स्थापना कालदेखी म्याग्दीको बिकास तथा उद्दार कार्यमा सहयोग पुर्याउदै आएकोले आगामी दिनमा पनि त्यस्ता कार्य निरन्तर रहने बताएका छन ।

कार्यक्रममा संस्थाको प्रगती प्रतिबेदन तत्कालिन महसचिब तथा नवनिर्बचित प्रथम उपाध्यक्ष लोक राम्जालीले प्रस्तुत गरेका थिए । त्यस्तै आर्थीक प्रतिबेदन कोषाध्यक्ष बिकास पाइजाले प्रस्तुत गरे भने प्रमुख संरक्षक गोरख राम्जाली, सल्लाहकार छबिलाल बिक र लाल प्रसाद पुनले संस्थाको विधान र महत्व बारे प्रकाश प्रकाश पारेका थिए ।
समितीको निवर्तमान अध्यक्ष राजाराम सुवेदीको सभापतित्व तथा मानर्थ गम गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न सभामा बहराईनमा रहेका बिभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सहभागी संघ संस्थाका प्रतीनिधिहरुले शुभकामना मन्तब्य राखेका थिए । निर्वाचनमय तर सबै निर्बिरोध कार्यक्रमको संचालन महासचिव लोक राम्जालीले गर्नुभएको थियो ।

बिभिन्न पेसा रोजगार तथा अध्यनका लागी म्याग्दीबाट बहराइन पुगेका म्याग्देलीहरुले म्याग्दीमा बिकास तथा परोपकारी काममा सहयोग पुर्याउनुका साथै बहराइनमा समस्यामा पर्ने म्याग्देलीहरुलाई उद्दार होस भन्ने लक्ष सहित सन २००२ मा म्याग्दी उद्दार समिती गठन भएको थियो ।