माओवादी केन्द्रद्धारा बेनी नगरपालिका सहित चार स्थानीय तहका उम्मेदवार सार्वजनिक

  • ९ बैशाख २०७४, शनिबार
  • 5317 पटक पढिएको

म्याग्दी, ९ फागुन । नेकपा (माओवादी केन्द्र ) म्याग्दीले आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट हुने उम्मेदवारहरु सार्वजनिकरण गरेको छ । जिल्लाको एक नगरपालिका सहित चार गाउँपालिकामा शनिवार चुनाबी कोण सभा मार्फत उम्मेदवारहरु सार्वजनिक गरेको हो । बेनी स्थित सहित स्मृति चोकमा आयोजित सभामा माओवादीले केन्द्रले बेनी नगरपालिकाको प्रमुख (मेयर) सहितका पदहरुमा पार्टीको तर्फबाट हुने उम्मेदवारहरु घोषणा गरेको थियो ।


कार्यक्रममा माओवादी केन्द्रका जिल्ला संयोजक तथा केन्द्रिय पोलिटव्युरो सदस्य गोविन्द पौडेलले वडा कमिटी , गाउँपालिका कमिटी र नगर कमिटीबाट छनौट भएर आएका उम्मेदवारहरुको सुचि सार्वजनिक गर्नुभएको थियो । उहाँले केन्द्र विवादले निर्वाचन सम्बन्धि गतिविधि अगाडी बढ्न नसकेको रघुगंगा गाउँपालिकामा भने समस्याको हल भएपछि मात्रै उम्मेदवारहरुको टुंगो लगाउने जानकारी दिनुभयो ।

माओवादी केन्द्रले बेनी नगरपालिकाको प्रमुखमा शेरबहादुर केसी र कृष्णबहादुर थापालाई सिफारिस गरेको छ भने उपप्रमुखमा जोती लामिछाने पौडेललाई उम्मेदवार बनाउने भएको छ ।त्यसैगरि बेनी नगरपालिकाको वडा नम्बर एकको उम्मेदवारमा निसान थापा/सेते किसान /बाबुराम बोगटीलाई सिफारिस गरेको छ भने वडा दुईमा कृष्णबहादुर कार्की, तीन वडामा भोजबहादुर थापा (कुमार), चारमा अर्णबहादुर खड्का (भगवान), पाँचमा सागर पौडेललाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ ।


त्यसैगरि वडा नम्बर छ मा बिरबहादुर किसान/ यादब सुवेदी / अर्जुन पौडेललाई सिफारिस गरेको छ भने वडा नम्बर ७ मा पदम किसान, आठमा देवि केसी, योगेन्द्र कुमार श्रेष्ठ , नौमा झलक विक र वडा नम्बर १० मा प्रेमप्रसाद शर्मालाई अध्यक्षको उम्मेदवार बनाएको छ ।
त्यसैगरि मंगला गाउँपालिकाका प्रमुखमा चन्द्रप्रसाद बुढाथोकिलाई चयन गरेको माओवादीले उप्रमुखमा व्रिन्दा खड्का र यामुकुमारी पुनको नाम सिफारिस गरेको छ ।

त्यसैगरि मंगला गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा देवराज सुवेदी/दिलबहादुर किसान, २ वडामा व्रिन्दा खड्का÷ कुलप्रसाद पुन, ३ नम्बर वडामा यामबहादुर रोका, ४ नम्बर वडामा ओम रोका र ५ वडामा मनबहादुर मगरलाई वडाअध्यक्षको उम्मेदवार बनाउने भएको छ । यता मालिका गाउँपालिका प्रमुखमा कमल केसी र दिलीप शेरचन तथा उपप्रमुखमा लालमायाँ पाईजा र सरस्वती पुन मध्ये एक÷एक जनालाई उठाउने तयारी गरेको छ ।

माओवादी केन्द्रले मालिका गाउँपालिका वडा नम्बर एकमा गोविन थापा, २ मा हर्कबहादुर नेपाली, ३ मा कृष्ण पुन, ४ मा रेशम पुन ÷दिलीप शेरचन, ५ मा हिराबहादुर विक, ६ मा खड्क छन्त्याल, ७ मा रक प्रसाद शेरपुञ्जा /कमल केसीलाई वडा अध्यक्षको रुपमा उम्मेदवार चयन गरेको छ । त्यसैगरि धौलागिरी गाउँपालिका प्रमुखमा खुमनाथ सुवेदी / रिमप्रकाश थापालाई अध्यक्ष पदको उम्मेदवार बनाउन सिफारिस गरेको माओवादी केन्द्रले उपप्रमुखको टुंगो लगाएको छैन् ।

धौलागिरी गाउँपालिकाको वडा नम्बर एकमा झकबहादुर छन्त्याल, २ मा बलबहादुर विक, ३ वडामा यामबहादुर भण्डारी, ४ वडामा कमल पाईजा, ६ वडामा गौबहादुर क्षेत्री र ७ वडामा खमबहादुर थापालाई वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । अन्नपूर्ण गाउँपालिकामा भने शनिवार नै उम्मेदवारहरुको टुंगो लगाउने प्रयास भईरहेको माओवादी केन्द्रले जनाएको छ ।

बेनी नगरपालिकामा उम्मेदवारहरुको घोषणा गर्न आयोजित सभामा बोल्दै माओवादी केन्द्रका पोलिटव्युरो सदस्य पौडेलले नयाँ संविधानमा माओवादीका एजेण्डाहरु समावेश भएको भन्दै त्यसको कार्यान्वयन माओवादीको नेतृत्वले मात्रै सम्भव हुने भएकाले निर्वाचनमा माओावादी केन्द्रलाई बिजयी गराउन आह्वान गर्नुभयो । उहाँले जिल्लामा आफ्नो पार्टीको तर्फबाट उम्मेदवारहरुको सार्वजनिक गरिएपनि एजेण्डा मिल्ने दलहरुसंग चुनाबी तालमेलको लागि भने वार्ता र सम्बादलाई जारी नै राख्ने समेत बताउनुभयो ।

त्यस्तै नगरपालिकाको प्रमुखको उम्मेदवारको दाबेदार समेत रहेका माओवादी केन्द्र नगर कमिटीका अध्यक्ष शेरबहादुर केसीले समृद्ध नगरपालिकाको लागि आफुहरुले योजना बनाएको बताउँदै स्थानीय तह निर्वाचनमा माओवादीलाई बिजयी गराउनुपर्नेमा जोड दिनुभयो । सो उम्मेवार घोषणा कार्यक्रमको सञ्चालन नगर कमिटीका सचिब कुशल पौडेलले गर्नुभएको थियो ।