शुभलभ : ‘फिल्म एक सन्देश अनेक’

  • १६ चैत्र २०७५, शनिबार
  • कमल खत्री
  • 3837 पटक पढिएको

कमल खत्री
म्याग्दी, १६ चैत । चैत १५ गतेदेखि देशभरका हलहरुमा चलचित्र शुभलभ प्रदर्शनमा आएको छ । म्याग्देली निर्माता धर्मराज सुवेदी सहित नायक हरिहर अधिकारी र नायिका कृष्टिन पौडेलको समेत डेब्यु रहेको कारण यो चलचित्र कस्तो बन्यो होला ? भन्ने आम चासो छ हल नपुगेका दर्शक र सुभचिन्तकहरुमा । पछिल्लो समय नेपाली सिनेमा क्षेत्रमा सुधारका संकेतहरु देखिएका छन् । फिल्म अर्थात सिनेमा मनोरञ्जनका लागि मात्रै नभएर समाजको वास्तविकताहरुलाई पनि चित्रण गर्ने कोसीसहरु भैरहेका छन् ।

यसैको जगमा बनेको एउटा चलचित्र हो ‘शुभलभ’ । यस चलचित्रमा दृष्यमा उतारिएको कथाबस्तु मौलिक छ । कतैपनि नलेखिएको र दृष्यमा नउतारिएको अर्थात ‘अनटोल्ड’ एस्ट्रोलोजी आर्थात ज्योतिष विज्ञानको स्टोरीमा आधारित रहेको कारण यो चलचित्र नयाँ र मौलिक छ । यसैको कारण यो चलचित्र दर्शको रोजाईमा पर्न सक्ने आंकलन त छँदै छ ।
त्यसैमा, नयाँ कथाबस्तुमा आधारित रहेकाले चलचित्रमा नत कुनै विदेशी फिल्मको गन्ध नै छ । मायाँ प्रेम, रोमान्स, द्धन्द्ध, एक्सन र डाईलग चलचित्रका पाटा हुन् । तर यो चलचित्रमा यतिमा मात्रै सिमित छैन् । शुभलभ चलचित्र फिल्म मात्रै होइन यसको सन्देश अनेक छ । सुखद इन्डीङको यो चलचित्र सन्देशमुलक छ । चलचित्रको सुरुवातमा विद्यार्थीमा खोजी र अनुसंधानको पाटोसंगै संस्कारको सन्देश दिन खोजिएको छ ।

सुटिङ रिपाेटः

अन्तरमनदेखिको प्रेममा शक्ति र सफलता दुबै जोडिएको हुन्छ भन्ने यो चलचित्रको अर्को सन्देश हो । चर्चित ज्योतिषबाट कथाबस्तु सुरु हुने यस चलिचित्र मुलत ज्योतिष विज्ञान र मेडिकल साइन्सको सान्दर्भभिकतामा केन्द्रित छ । कथा लेखक नै चलचित्रका नायक समेत रहेका चर्चित युवा ज्योतिष भएकाले चलचित्रले ज्योतिष विज्ञानका कमजोर पक्षहरुलाई लुकाउन सक्ने आंकलन धेरैको हुन सक्छ । तर चलचित्रमा ज्योतिष विज्ञान के हो ? के के ? सम्भव र असम्भब छ ज्योतिष विज्ञानमा भन्ने तथ्य समेटिएको छ ।

ज्योतिष क्षेत्रलाई बैज्ञानिक ढंगबाट कथा प्रस्तुत भएको यो सम्भवत पहिलो नेपाली चलचित्र हो । फिल्मको सुरुवातदेखि अन्त्य सम्म नै मायाँ प्रेम र हाँस्यव्यंगेको कुनै कन्जुसाई गरिएको छैन् । ज्योतिष विज्ञानलाई भ्रममुक्त र बास्तविकतामा केन्द्रित गर्न के कस्ता प्रयास गर्न सकिन्छ भन्ने नयाँ कोसिस चलचित्रमा देखिन्छ । विरामीको उपचारमा प्रयोग गरिने नयाँ र नौलो अभ्यास ‘ज्योतिष, डाक्टर, बैध र सम्बन्धित बिषयका अनुसंधानकर्ता’ को प्रयोगले हलमा पुगेका दर्शकको ध्यान पुरै केन्द्रित गर्छ । व्यक्तिको भाग्य र भविश्य लेखिदैन र देखिदैन् । तर ज्योतिष र मेडिकल विज्ञान संगै प्राकृतिक उपचार प्रद्धतिका नयाँ आयामहरुलाई चलचित्रले नयाँ सन्देशको रुपमा उजागर गरेको छ ।
चलचित्रले प्राकृतिक उपचार केन्द्र बनेको तातोपानी, शक्ति पिठहरुको दर्शनले व्यक्तिमा पार्ने मनोबैज्ञानिक सकरात्मक प्रभाब, अहिले विश्वमा नयाँ आयामको रुपमा अघि बढेको प्राकृतिक उपचार प्रद्धतीलाई महत्व दिएको छ भने मेडिकल साइन्सको भुमिका समेटीएपनि यो क्षेत्रलाई कम महत्व दिइएको चलचित्र हेर्दा अनुभुति हुनसक्छ । चलचित्रको सन्देश ज्योतिष र मेडिकल विज्ञान एक अर्कामा अन्तरसम्बन्धित छन् ।

यि क्षेत्रमा बस्तुपरक ढंगबाट बैज्ञानिक अध्ययन, अनुसंधान र व्याख्या आबश्यक छ भन्ने देखिन्छ । १० बर्षपछि फिल्म निर्देशनमा फर्किएका सन्तोष लोहनीले नयाँ र नौलो कथाबस्तुमा दर्शकले कल्पना समेत गर्न नसक्ने दृष्यहरुलाई मेहनतका साथ समेट्ने कोसीस गरेको देखिन्छ । फिल्मका लगानीकता धर्मराज सुवेदी अन्य व्यवसायिक सफलता जस्तै शुभलभको लगानी खेर नजानेमा ढुक्क छन् । फिल्म प्रदर्शनमा आएपछि दर्शकहरुबाट प्राप्त प्रतिकृया र सन्देहरुले निर्माता सुवेदी सहितको फिल्म निर्माण पक्ष उत्साहित देखिएका छन् ।

शुभलभको लागि एक पटक हल प्रवेश गर्ने दर्शकले चलचित्र अवधिभरको समय र टिकटको शुल्क खेर गएको अनुभुति गनुपर्ने अवस्था नरहेको शुभलभ हेर्न बेनी स्थित म्याग्दी चलचित्र हलमा पुगेका नेकपाका नेता एवम म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदी बताउँछन् । उनले पारिवारीक वातावरणमा हेर्न सक्ने गरि नयाँ कथा बस्ुतमा तयार भएको यो फिल्म नयाँ पुस्ताको लागि अत्यन्तै उपयोगी बन्ने प्रतिकृया दिए । यो चलचित्रमा म्याग्दीको धार्मिक स्थल गलेश्वर, प्राकृतिक औषधालय सिंगातातोपानी, रत्नेचौर लगायतका ठाउँहरुलाई समेत देख्न सकिन्छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l