मोड्लीङसँगै निर्देशनमा जिसी

  • ९ बैशाख २०७४, शनिबार
  • सन्दिप खत्री
  • 4137 पटक पढिएको

म्याग्दी । म्याग्दीका चर्चित कलाकार धुव्र जिसी गायन, मोडलीङ सँगै निर्देशनमा समेत लागेका छन् । गायन मार्फत आम दर्शकको मन जितेका जिसीले मोड्लीङमा समेत राम्रो चर्चा कमाउन सफल भएका छन् ।

विन्ध्यावासीनी म्युजिक नेपालको प्रस्तुती नकुल ढकालको “हाई भन जवानी फर्कीन्छ” भन्ने बोलको गीत मार्फत जिसीले निर्देशनमा समेत डेव्यू गरेका छन् । जिसीले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा राजकुमार परियार, रविना, अशोक, विनु र रन्जुको अभियान रहेको छ ।

म्याग्दीकै विभिन्न स्थानहरुमा छायाङ्कन गरिएको उक्त म्युजिक भिडियोले आम दर्शकको माया पाउँने जिसीको भनाई छ । जिसीले भिडियो उत्कृष्ट भएको बताए । उनले भने–“भिडियोलाई उत्कृष्ट बनाउने प्रयास गरेको छु । म लगायत टीमका सबै साथीहरुले राम्रो मेहनत गर्नु भएको आशा छ सबैले मन पराउनुहुनेछ ।

त्यसैगरि जिसीले रामकृष्ण ढकाल र माण्डवी त्रिपाठीको आवाजमा रहेको मुटुसँग मुटु रेट्दै छु भन्ने गीतमा समेत अभिनय गरेका छन । बेनीबजारमा गरिएको छायाङ्कनमा जिसी र रञ्जु चोखालले उक्त गीतमा अभिनय गरेका छन् । उनीहरुलाई ओमप्रसाईले नचाएका छन् भने सरेग राईले खिचेका छन् ।

हाईलाट्स नेपालको प्रस्तुतीमा रहेको उक्त गीतमा समेत आफूले उत्कृष्ट अभिनय गरेको जिसीले बताए । यस अघि पनि विभिन्न उत्कृष्ट गीतरुको प्रस्तुती दिई सकेका जिसी पछिल्लो समयमा गायन, मोडलिङ र निर्देशनको क्षेत्रमा व्यवस्त छन् । पहिलो दिन भिडियो निर्देशन गरेका जिसीले दोस्रो अभिनय गरेका हुन् ।

सन्दिप खत्री

म्याग्दी अनलाईन डट् कमका सह-सम्पादक हुन् l