बेनीमा ‘निःशुल्क योग शिविर’ सुरु : मन्त्री पुन योगमा सहभागि (फोटोफिचर)

  • १३ चैत्र २०७५, बुधबार
  • धिरन खत्री
  • 2946 पटक पढिएको

धिरन खत्री

म्याग्दी, १३ चैत । म्याग्दीको सदरमुकाम बेनीको खुल्लामञ्चमा वृहत निःशुल्क योग शिविर सुरु भएको छ । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखराको आयोजनामा म्याग्दीमा तिन दिने बृहत योग शिविर आयोजना गरिएको हो ।


निःशुल्क योग शिविरको शुभारम्भ सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले गरेकी हुन् । पुनले स्वास्थ्य जीवन स्वास्थ्थ समाज निर्माण गर्न लागि नियमित योग आवश्यक रहेको बताईन । उनले नियमित योगले उपचार हुन नसक्ने विभिन्न रोगहरु निको पार्न निशुल्क रुपमा सहयोग पु¥याएको विश्वास ब्यक्त गरेकी थिईन । उनले म्याग्दीबाट सुरु गरिएको शिविर प्रदेशको ११ जिल्लामा गर्ने योजना रहेको जानकारी दिईन । तिनदिनसम्म संचालन हुने योग, निशुल्क रक्त परिक्षण र आयुर्वेद शिविरमा सहभागि हुन सबैलाई आग्रह गरेकी थिईन ।


तिनदिनसम्म संचालन हुने योग शिविरलाई प्रमुख प्रशिक्षक डाक्टर योगी विकासन्दले मानव स्वास्थ्थ रहन स्वास्थ्थ खानपिन, नियमित स्वास्थ्य परिक्षण, मदिरा सेवन नगर्ने, नियमित योग गर्नुपर्ने सुझाव उपस्थितलाई दिएका थिए ।


सामाजिक विकास मन्त्रालयका सचिव दिर्घ नारायण पौडेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका सांसद विनोद केसी, जिल्ला समवन्य समितिका प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी लगायतको उपस्थित भएको थियो ।


तिनदिनसम्म हुने योग शिविरमा शुभारम्भ कार्यक्तममा डाक्टर योगी विकासन्दसहित मन्त्री पुन, सांसदले योग अभ्यासमा सहभागि भएका थिए । सो योग शिविरमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, बजारबासी, सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारी, पत्रकार, विद्यार्थी, शिक्षक लगायतको उपस्थित रहेको थियो ।

सो कार्यक्तममा भारतमा भएको साउथ एसियन च्याम्पियनसिप कराँतेमा स्वर्णपदक विजेता निर्मलबहादुर कटुवालाई मन्त्री पुन, सचिव पौडेल, डाक्टर विकासन्दद्धारा नगदसहित दोषल्लाले सम्मान गरेका थिए । कार्यक्रमको ब्यवस्थापन नविन आन्नद योग केन्द्र म्याग्दीले गरेका थियो ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l