संगम म्याग्दीको अध्यक्षमा पुनःपौडेल

  • १० चैत्र २०७५, आईतवार
  • 2301 पटक पढिएको

बेनी १० चैत । लघु व्यवसायका लागि प्राकृतिक स्रोत व्यवस्थापन तथा लैङ्गिक सचेतनामा दिगो पहुँच (संगम) म्याग्दीको एघारौ वार्षिक साधारणसभा तथा सातौ अधिवेशनबाट पुनः दिपक पौडेलको अध्यक्षतामा कार्यसमिति चयन भएको छ ।

बेनीमा शनिबार भएको अधिवेशनबाट सर्वसम्मत चयन भएको संस्थाको उपाध्यक्षमा बबिता पुन, सचिवमा कमला पटेल, कोषाध्यक्षमा खिमा पुर्जा र सहसचिवमा रश्मि रोका रहनुभएको छ ।
सदस्यहरुमा रञ्जना श्रेष्ठ, दिपेन्द्र शर्मा, हिरा शर्मा र चन्द्रा घले चयन हुनुभएको छ । अध्यक्ष पौडेलको अध्यक्षता, ध्रुब सुेवेदीको सञ्चालन र मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो ।