शिखमा प्रजनन् कक्षको भवन निर्माण सुरु

  • ९ चैत्र २०७५, शनिबार
  • 2012 पटक पढिएको

सेते तिलिजा पुन
शिख ९ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका – ५ शिखस्थित देउरालीमा शिख स्वास्थ्य चौकीमा प्रजनन् कक्ष तथा गर्भवतीलाई सुत्केरी गराउने सुविधायुक्त भवन निर्माण कार्य सुरु गरिएको छ।
शिख खसरेबोट निवासी स्वर्गीय कुल बहादुर पाइजाको स्मृतिमा छोरा राजन पाइजा र बुहारी निर्मला पाइजाको प्रायोजकमा रू. ३ लाख ५० हजार रुपैयाको लागतमा उक्त प्रजनन् कक्ष भवन निर्माण गर्न लागिएको हो ।


प्रजनन् कक्षको लम्वाई १३ फिट र चौडाई ७ गरी ९१ वर्ग्फिटको हुने र त्यसमा भि.आई.पि. भेन्टिलेटर, चर्पी र बाथरूमसहितको सुविधासम्पन्न भवन निर्माणा गर्न लागिएको हो । सो भवन निर्माण भएपछि शिखबासीलाई गर्भपति गराउन सहज हुने भवन निर्माणका संयोजक एवम शिख्तानी समाज पोखराका अध्यक्ष क्या. बलबहादुर तिलिजाले बताए ।