पोर्तुगलमा चैते दशैँमा जनसम्पर्क समितिको आयोजनामा बृहत साँस्कृतिक कार्यक्रम हुने

  • ८ चैत्र २०७५, शुक्रबार
  • 2341 पटक पढिएको

म्याग्दी, ८ चैत । नेपाली काँग्रेसको भातृय संगठन जनसम्पर्क समिती पोर्तुगलको आयोजनामा चैते दशैँ पर्वको अवसरमा पार्तुगलमा बृहत साँस्कृतिक कार्यक्रम सहित बनभोज कार्यक्रम हुने भएको छ । मार्च २४ तारिख आइतवारको दिन लीस्वनको बेलाभीस्ता पार्कमा सो कार्यक्रम आयोजना गरिएको नेपाली जनसम्पर्क समिति पोर्तुगलका कार्यबहाक अध्यक्ष ओकील केसीले जानकारी दिनुभयो ।


नयाँ साल २०७६ ,होली पर्ब तथा चैते दसैं दशैको अबशर मा वृहत साँस्कृतिक कार्यक्रम तथा विविक्यु सहित बनभोज आयोजना गरिएकाो हो । सो कार्यक्रममा कलाकार र पञ्चे बाजा सहीत साँस्कृतीक प्रस्तुती रहने कार्यबहाक अध्यक्ष केसीले बताउनुभयो । सो कार्यक्रममा सहभागी हुन पोर्तुगलमा रहेका सम्पूर्ण नेपालीहरुलाई आह्वान गरिएको छ ।
सो कार्यक्रममा समसामयिक राजनैतिक बिषयमा समेत बृहत छलफल हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा पुर्व कार्य समिती, निवर्तमान कार्य समिती , पुर्व सल्लाकारहरु, महाधिवेशन प्रतिनिधी हरु, महासमिती सदस्य हरु, बर्तमान कार्यसमितीका पदाधिकारी र सदस्यहरु, क्षेत्रीय समिती, पाचौ अधिवेशनका उम्मेदवारहरु संगै पोर्तुगलमा रहेका कृयाशिल राजनैतीक दल र विवीध संघ संस्था र संगठनका शुभचिन्तकहरुलाई समेत आमन्त्रण गरिएको कार्यबहाक अध्यक्ष केसीले जानकारी दिनुभयो ।