पर्यटकियस्थल झाँक्रीपानीमा भ्युटावर निर्माण सुरु

  • ८ चैत्र २०७५, शुक्रबार
  • धिरन खत्री
  • 1911 पटक पढिएको

म्याग्दी, ८ चैत । ८ हजार १६७ मिटर अग्लो धौलागिरी हिमालको दृष्य नजिकबाट अवलोकन गर्न सकिने मंगला गाउँपालिका–४ झाँक्रीपानीमा भ्युटावर निर्माण कार्य सुरु गरिएको छ । धौलागिरि, निलगिरि, अन्नपुर्ण, चुरेन, मानापाथी, गुर्जा, माछापुच्छे लगायतका दर्जनौ हिमालहरु देख्न सकिने झाँक्रीपानीमा पर्यटकहरुको  आकर्षणका लागि भ्युटावर निर्माण गर्न लागिएको हो ।


प्राकुतिक सुन्दरताले भरिपुर्ण ठाउँ भाmँक्रीपानी पुर्वाधार अभावमा ओझेलमा परेको थियो । पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहलसंगै स्थानीय सरकारले पर्यटकीय क्षेत्रमा पहिचान गरेर पुर्वाधार निर्माणलाई प्राथमिता दिएपछि भ्युटावर निर्माणलाई बजेट विनियोजन गरेको हो ।


मंगला गाउँपालिकाको पर्यटन विकासको प्रमुख आधार झाँकीपानी र टोड्के हुन् । स्थानीय उत्पादनको खपत र होमस्टे संचालन गरेर रोजगारको वातावरण सिर्जना गर्न पर्यटकीयस्थल झाँकीपानीमा भ्युटावर र  सामुदायिक लज निर्माण गर्न स्थानीय जागरुक भएको स्थानीय बासिन्दा कमल थापाले बताए ।


गाउँपालिकाले रोजगारको वातावरण सिर्जना गर्नका लागि पर्यटकियस्थलमा कच्ची सडक र भौतिक पुर्वाधार ब्यस्थापन, कलासस्कृतिको संरक्षण र ब्यवसायिक कृषि उत्पादनलाई प्राथमिकता दिएका छन् । आम्दानी गर्ने स्रोतको पहिचान र शिक्षाको अनुसारको सिप नहुदाँ विदेशिएका गाउँका युवाहरुलाई स्थानीय सरकारले होमस्टे तालिम तथा कृषि उत्पादनमा प्राथमकिता दिएर अघि बढेको गाउँपालिकाकी उपाध्यक्ष सिर्जना केसीले बताईन ।


२७ मिटर उचाईमा रहेको सो ठाउँमा गाउँपालिकालको १० लाख र सांसद भुपेन्द्र बहादुर थापाको पहलमा १० लाख बजेट र स्थानीयको जनश्रमदानद्धारा भ्युटावार निर्माण सुरु गरिएको छ । पर्यटकियस्थललाई लक्षित गरेर सडक पहुचपनि स्थानीय सरकारले पु¥याएको छ ।


झाँकीपानीमा छन्त्याल र मगर जातीको कलासस्कृति, गुरासे वनजंगल, स्थानीय परिकारका खाना, आमासमुहको पुर्खौली भजन कृतनहरु पुग्ने पर्यटकको लागि प्रमुख आकर्षण हुन् ।
पछिल्लो समय जिल्लाका क्रियाशिल संघसंस्थाहरु सम्भावना बोकेको पर्यटकस्थल झाँक्रीपानीमा पुग्ने गरेका छन् । स्थानीय उत्पादनलाई खपत गर्न पर्यटकियस्थलमा भएको घरहरुलाई होमस्टे संचालनका गाउँपालिकाबाट आवश्यक सहयोग गर्न सकेमा विदेश त्यागेर स्वदेशमा केही गर्छु भन्ने युवाहरुलाई अवसर सिर्जना देखिन्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l