मोनाको महिला र बालबालिकाको अक्षयकोषमा मोना स्पेनद्धारा रु ४ लाख ३६ हजार सहयोग

  • ८ चैत्र २०७५, शुक्रबार
  • 2644 पटक पढिएको

बेनी, ८ चैत । प्रवासमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना)ले स्थापना गर्न लागेको महिला र बालबालिकाको क्षेत्रमा परिचालन गर्ने अक्षयकोषमा ४ लाख बढी सहयोग प्राप्त भएको छ । मोनाले घोषणा गरेको रु १ करोडको अक्षयकोषमा स्पेनमा रहेका म्याग्देलीहरु  र  अन्य सहयाेगदाता  मार्फत रु ४ लाख ३६ हजार सहयोग जुटेको हो ।

मोना स्पेनका पूर्व अध्यक्ष सन्त बहादुर क्षेत्रीको पहलमा संकलित सो रकम शुक्रवार बेनीमा आयोजित एक कार्यक्रममा मोना स्पेनका सल्लाहकार लाल बहादुर केसी र सदस्य सिता केसीले मोनाका संरक्षक सुवास कुमार श्रेष्ठ र कार्यालय सचिब रञ्जना श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा मोनाका संरक्षक सुवास कुमार श्रेष्ठले जिल्लाको परोपकारी काम र विकास निर्माणमा प्रवासमा रहेका म्याग्देलीहरुले पु¥याएको योगदान अतुलनिय रहेको बताउनुभयो । जिल्लामा रहेका असाह्य र अप्ठ्यारोमा परेका महिला तथा बालबालिकाहरुको लागि कोषले सहयोग पुग्ने भएपछि मोना स्पेनले सहयोग संकलन गरि उपलब्ध गराएको सल्लाहकार केसीले बताउनुभयो ।

उहाँले अन्य देशमा रहेका मोना र अन्य सहयोगदाता मार्फत संकलन र घोषणा भएको रकमलाई समेत मोना अन्तराष्ट्रियलाई उपलब्ध गराउन आह्वान गर्नुभयो । कार्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले समेत मन्तव्य राख्नुभएको थियो भने मोनाका कार्यालय सचिब श्रेष्ठले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

म्याग्दी जिल्लामा महिला तथा बालबालिकाहरुको हितमा उपयोग गर्ने गरि घोषणा गरिएको अक्षयकोषमा अहिलेसम्म करिब ९० लाख संकलन भैसकेको मोना अन्र्तराष्ट्रियले जनाएको छ । दरबाङमा सम्पन्न भएको मोनाको दोस्रो सम्मेलनले महिला र बालबालिकाहरुको लागि सो अक्षयकोषको घोषणा गरेको थियो । रोजगार, पेशा, व्यवसाय र अध्ययनका लागि विश्वका विभिन्न २५ देशमा पुगेका म्याग्देलीहरु मोना मार्फत संगठीत भएका छन् । उनीहरुले जिल्लाको शिक्षा, स्वास्थ्य लगायतका सामाजिक र विकास निर्माणको क्षेत्रमा समेत आर्थिक सहयोग गर्दै आएका छन् ।

स्पेन वाट  सहयोगीहरुको नामावली यस प्रकार छ

१) नन्दकलि थापा मगर जैसी ( अनुसा ) १ लख १ हजार रुपैया ( बरङ्जा – पखेर , म्याग्दी ) हाल सेभिया , स्पेन

२) लाल बहादुर के सी १ लाख रुपैया (सिङ्गा-सुर्केमेला , म्याग्दी ) हाल अलीकान्ते

३) मोना स्पेन १ लाख रुपैया

४) कुमारी तारा पुन मगर १५ हजार रुपैया ( थबाङ , रोल्पा ) हाल ईस्तान्बुल , टर्की

५) शन्त बहादुर क्षे त्री १० हजार रुपैया (भकिम्ली,म्याग्दी ) हाल बार्सिलोना , स्पेन

६) ठम बुढाथोकी १० हजार रुपैया ( अर्मन , म्याग्दी ) हाल बार्सिलोना,स्पेन

७) दिनेश बानीया १० हजार रुपैया (भिर मुनी,म्याग्दी) हाल बार्सिलोना, स्पेन

८) तप्पन रोका १० हजर रुपैया ( दर बाङ ९ ,म्याग्दी ) हाल बार्सिलोना, स्पेन

९) बिकाश कार्की १० हजर रुपैया ( ताकम,म्याग्दी ) हाल बिलबाउ ,स्पेन १

१०) सन्तोश भण्डारी १० हजार रुपैया (ताकम,म्याग्दी ) हाल बिलबाउ ,स्पेन

११) कुल (नबिन ) बहादुर कार्की १० हजार रुपैया (भकिम्ली,म्याग्दी ) हाल बार्सिलोना , स्पेन

१२) मन्जु गौचन १० हजार रुपैया ( सिङ्गा-तातोपानी , म्याग्दी ) हाल बार्सीलोना , स्पेन

१३) याम बहादुर के सी १० हजार रुपैया ( बास्कुना-सिङ्गा , म्याग्दी ) हाल अस्त्रेलिया

१४) रमेश पौडेल १० हजार (पुलाचौर्, म्याग्दी ) हाल बार्सिलोना , स्पेन

१५) कमल राज गुरुङ १० हजार रुपैया थाम डाडा, सिङ्गा हाल अलिकान्ते

१६) मुक्तिनाथ पौडेल १० हजार रुपैया सिङ्गा हाल अलिकान्ते हाल सम्म ४ लाख ३६ हजार भएको छ धन्यबाद