रेडियो म्याग्दीको होली ……..( फोटो कथा)

  • ६ चैत्र २०७५, बुधबार
  • 2019 पटक पढिएको

म्याग्दी, ६ चैत । फागुपूर्णिमा अर्थात होली पर्वको अवसरमा बेनीमा रहेको रेडियो म्याग्दीले कर्मचारी र पूर्व कर्मचारीहरुबिचको मैत्रिपूर्ण शुभकामना आदान प्रदान गरेको छ ।

बुधवार रेडियोको कार्यालयमा रेडियोका स्टेशन म्यानेजर भरत रकाल सहित रेडियोका कर्मचारी र पूर्व कार्यरत कर्मचारीले एक आपसलमा रङ दल्दै खुशियाली साटासाट गरेर होली मनाइएको थियो ।

एक आपसमा अनुभव साटासाट गर्ने र आपसी सहकार्य र भाइचारा बढाउनको लागि अहिले कार्यरत र पूर्व सहकर्मीहरुलाई समेत एकैठाउँमा बसेर होलि मनाईएको स्ेटशन म्यानेजर रकालले बताए ।

सो क्रममा पूर्व कार्यक्रम संयोजक अमित विश्वकर्मा, पूर्व समाचार प्रमुख कमल खत्री, पूर्व कार्यक्रम प्रस्तोता सन्दिप खत्रीले समेत रेडियो पत्रकारीताबारे आफ्नो अनुभव राखेका थिए । सो अवसरमा स्टेशन म्यानेजर रकालले रेडियोले यसै चैत २१ गतेदेखि बेनीमा प्रथम म्याग्दी प्रर्यटन महोत्सव आयोजना गर्न लागेको जानकारी समेत गराएका थिए ।