शान्ति कोषको अक्षकोषका लागि एक ब्यक्तिद्धारा पाचँलाख सहयोग

  • ६ चैत्र २०७५, बुधबार
  • 1974 पटक पढिएको


म्याग्दी ६ चैत । विपन्न म्याग्देलीको उपचारमा सघाउन परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको डेढ करोड रुपैयाँको अक्षयकोषका लागि देवमाया पुनले ५ लाख लाख रुपैयाँ सहयोग गरेका छन् । म्याग्दीको अन्नपपुर्ण गाउँपालिका–८ नागि घर हाल रोजगारको शिलशिलामा हङकङमा बस्दै आएका मोना हङकङका सल्लाकार राजु पुनले धर्मपत्नी देवमाया पुनको नामबाट ५ लाख सहयोग घोषण गरेका हुन् ।


सामाजिक क्षेत्रमा क्रियाशिल पुन पिक हङकङका अध्यक्ष समेत रहेका छन् । ओमकुमारी शान्ति कोषले आयोजना गरेको स्वागत तथा भेटभाट कार्यक्रममा सल्लाकार पुनले म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङकोे २० औ वार्षिकोत्सवको अवसरमा आयोजित शान्ति कोषका पदाधीकारीहरुसँगको अन्तरक्रिया कार्यक्रममा दुई लाख रुपैया ँसहयोगको प्रतिवद्धता घोषणा गरेका थिए । उनले शान्ति कोषको कार्यालयमा भएको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै पुनले धर्मपत्नीको नामबाट ३ लाख सहयोग थप्दै पाचँ लाख सहयोग पु¥याएका थिए । पुनको श्रीमती देवमाया पुन शान्ति कोषको संरक्षक सदस्य बनेकी छन् ।


भेटभाट कार्यक्तममा बोल्दै मोना सल्लाकार पुनले मोना हङकङले जिल्लामा हुने हरेक गतिविधिमा आर्थिक सहयोगलाई निरन्तरता दिएको बताए । उनले रोजगारको शिलशिलामा विदेश भएपनि जिल्लाको शिक्षा स्वास्थ्य लगायतको क्षेत्रको विकासका लागि निरन्तर सहयोग गर्ने प्रतिवद्धता समेत दिएका थिए । आर्थिक अभावका कारण उपचारबाट बञ्चित भएका विरामीहरुलाई आर्थिक सहयोग गर्ने उद्देश्यले संचालन गरिएको अक्षकोष आवश्यक रहेको बताउदै अक्षकोषको संरक्षक सदस्य हुदाँ खुशी लागेको बताए ।


त्यस्तै ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश शाक्यले मोना हङकङको साथ सहयोगले शान्तिकोषको आधार फराकिलो भएको बताउदै सबैको साथ सहयोगले बनेको अक्षकोषले जिल्लाका विपन्न परिवारको उपचारमा साथ पुग्ने बताए । उनले शान्ति कोषको आर्थिक पारदर्शितानै सबैको विश्वासको आधार रहेको जानकारी दिए ।
रोजगारको शिलशिलामा विदेशिएर उदार मन बनाएर गरिएको सहयोगले अक्षकोषले छिटै पुर्णता पाउने शाक्यले बताए । सो स्वागत तथा भेटघाट कार्यक्रममा पिक हङकङका सदस्य इन्द्र पुर्जाको पनि उपस्थित भएको थियो ।
ओमकुमारी शान्तिकोषका उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत मन्तव्य, सचिव लोकश पुनमगरको संचालनमा भएको स्वागत कार्यक्तममा कोषका सदस्य, पत्रकारहरुको उपस्थित भएको थियो ।
कोषले विभिन्न अभियान सञ्चालन गरेर हालसम्म जटिल रोगबाट थलिएर बिरामी र आर्थिक अभावका कारण औषधी उपचारबाट बञ्चित १०१ जना म्याग्देलीहरुलाई एक करोड ८२ लाख रुपैयाँ सहयोग जुटाएको छ ।
ाइपो पलास्टिक एनिमिया रोगबाट थलिएर ज्यान गुमाएकी बेनपा ४ की ओमकुमारी पुन (शान्ति)को स्मृतिमा चार वर्षअघि कोष स्थापना भएको थियो । मुटु, मृगौला, क्यान्सर, लगायत जटिल रोगबाट थलिएका म्याग्देलीहरुलाई सघाउन डेढ करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने उद्देश्यले तीन वर्षयता सहयोग संकलन अभियान सञ्चालन गरिदै आएको छ ।