द्धन्द्धपीडितहरुको बास्तविक घटनामा आधारित बृत्तचित्र प्रदर्शन

  • ५ चैत्र २०७५, मंगलवार
  • 2380 पटक पढिएको

म्याग्दी, ५ चैत । तत्कालिन माओवादी जनयुद्धको क्रममा शसस्त्र संघर्षरत माओवादी र राज्यपक्षबाट पीडित हुन पुगेका द्धन्द्धपीडितहरुको बास्तविक घटनामा आधारित बृत्तचित्र बेनीमा प्रदर्शन गरिएको छ । द्धन्द्धपीडित साझा चौतारिको आयोजना र द्धन्द्धपीडित अधिकार समाज म्याग्दीको समन्वयमा मंगलवार बेनीमा ‘चहराइरहेका घाउ’ बिषयक वृत्तचित्र प्रदर्शन गरिएको हो ।

द्धन्द्धपिडितहरुको बास्तविक घटनालाई समेटीएको १२ वटा कथाहरुलाई वृत्तचित्रको रुपमा प्रदर्शन गरिएको थियो । द्धन्द्धपीडित साझा चौतारीले देशका विभिन्न ठाउँका प्रतिनिधिमुलक घटनाका द्धन्द्धपीडितहरुलाई समेटेर ६९ जनाको वास्तविक घटनामा आधारित बृत्तचित्र तयार गरेको र देशव्यापि रुपमा प्रदर्शनको लागि अभियान चलाएको संस्थाका उपाध्यक्ष बद्री बहादुर केसीले बताउनुभयो ।

अहिलेसम्म म्याग्दी सहित विभिन्न ९ जिल्लामा वृत्तचित्र प्रदर्शन गरिसकिएको छ । द्धन्द्धपीडितका वास्तविक पिडाहरुलाई हराएर जान नदिन र सम्बन्धित सरोकारवालालाई पीडितको अधिकारप्रति संवेदनशिल गराउनको लागि अन्य जिल्लाहरुमा समेत क्रमशः वृत्तचित्र प्रदर्शन गर्दै जाने केसीले बताउनुभयो ।

सो अवसरमा द्धन्द्ध बिश्लेषक टिका ढकाल र संस्थाका संस्थापक अध्यक्ष सुमन अधिकारीले संक्रमणकालिन न्याय र द्धन्द्धपिडितको अबस्थाबारे आफ्नो प्रस्तुती राख्नुभएको थियो । कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले द्धन्द्धपीडितका वास्तविक समस्याहरु पहिचान गरि हल गर्नको लागि सम्बन्धित सबै सरोकारवालाहरुबिच समन्वयको आबश्यकता रहेकोमा जोड दिनुभयो ।

संस्थाका उपाध्यक्ष केसीको अध्यक्षता र द्धन्द्धपीडित अधिकार समाजका सुरेन्द्र केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।