बाबियाचौरमा प्रहरीको अन्तरक्रिया

  • ५ चैत्र २०७५, मंगलवार
  • 1748 पटक पढिएको

बाबियाचौर ५ चैत । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत मंगलबार मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सुरक्षा अधिकारी, जनप्रतिनिधि र समुदायबीच अन्तरक्रिया भएको छ ।समाजमा अपराध रोकथाम, सामाजिक विकृति विरुद्ध जनचेतना फैलाउन, सामाजिक सुरक्षालाई अभिवृद्धि गर्ने उद्देश्यले स्थानीय तह, समुदाय, सामाजिक संघ संस्था र विद्यालयबीच साझेदारी गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।

कार्यक्रममा मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले अपराध, विकृति, दुर्घटना र दूव्र्यसनी न्यूनीकरणका लागि समुदाय र प्रहरीको सहकार्यको आवश्यकतामा जोड दिएका थिए । कार्यक्रममा सहभागी स्थानीयबासीहरुले ग्रामिण क्षेत्रमा प्रहरी सेवाको पहुँच बढाउन सुझाव दिएका थिए ।

प्रहरी नाउव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले सरोकारवालाहरुको सुझाव र अपेक्षा अनुसार प्रहरीले आफ्नो कार्यक्रम अघि बढाउने बताए । वडा अध्यक्ष धनबहादुर खातीको अध्यक्षता, बाबियाचौर प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक दुर्गाप्रसाद अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र बाबियाचौरका अध्यक्ष सोमबहादुर खड्काले पनि मन्तब्य व्यक्त गरेका थिए ।