तोकिएको समयमा हतियार बुझाउनेलाई कारबाही नहुने

  • ४ चैत्र २०७५, सोमबार
  • 1456 पटक पढिएको

बेनी ४ चैत । जिल्ला प्रशासन कार्यालय म्याग्दीले इजात पत्र नलिएको, नविकरण नभएको र स्वामीत्व हस्तान्तरण नभएका हातहतियार बुझाउन अपिल गरेको छ । प्रशासनले सोमबार एक सूचना जारी गरेर २०७६ बैशाख ५ गतेभित्र कानुनी हिसाबले अबैध हतियार बुझाए हतियार तथा खरखरजा राखेकै कारणले कारबाही नहुने जनाएको छ ।

मन्त्री परिषद्को फागुन २८ गतेको निर्णय अनुसार अवैध हतियार बुझाउने मौका दिइएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । प्रहरी चौकी, प्रशासन, प्रहरी कार्यालय वा नेपाली सेना मार्फत हतियार बुझाउन सकिने प्रजिअ लीलाधर अधिकारीले बताउनुभयो । तोकिएको अवधिभित्र स्वच्छाले नबुझाएमा त्यस्ता व्यक्तिउपर प्रचलित कानून बमोजिम कारबाही हुने प्रजीअ अधिकारीले बताउनुभयो ।