आखा शिविरमा ८४ जनाको शल्यक्रिया, १५ सय जनाको निशूल्क आँखा परिक्षण

  • १ चैत्र २०७५, शुक्रबार
  • 3877 पटक पढिएको

 


बेनी १ चैत । बेनीमा आयोजना गरिएको तीन दिने निशूल्क आँखा उपचार तथा शन्यक्रिया शिविरमा ८४ जनाको मोतिया विन्दुको शल्यक्रिया गरिएको छ ।
बेनीका विभिन्न लायन्स क्लवहरुले नेपाल आँखा अस्पताल र नेपाल रेडक्रस सोसाइटी म्याग्दी आँखा उपचार केन्द्रको प्राबिधिक सहयोगमा संचालन गरिएको शिविरमा करिव १५ सय जनालाई आखाँ परिक्षण सेवा दिएको लायन्स क्लव अफ बेनी म्याग्दीका अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए ।

शिविरको प्रमुख आयोजक हामी नेपाली नाम गरेको संस्था रहेको थियो । डाक्टर अर्चना शर्मा लगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोलीले तिन दिनसम्म सेवा दिएका थिए । दुर्गम ग्रामिण क्षेत्रका गरिब विपन्न समूदायका बृद्धबृद्धाहरुलाई लक्षित शिविर आयोजना गरिएको थियो । निशुल्क रुपमा आखाँ परिक्षण, शल्यक्रिया, र औषधी वितरण गरिएको थियो ।

लायन्स क्लव अफ बेनी म्याग्दी, म्याग्दी दोभान, बेनी मल्लाज, बेनी महारानी, बेनी सिटि, बेनी पिस सिटि, बेनी म्याग्दी संस्थाको सहयोग, बेनी नगरपालिका र आक्स फाउण्डेशन काठमाण्डौको समन्वयमा शिविर सम्पन्न गरिएको थियो ।