रुखबाट लडेर सक्त घाईतेलाई हेलिकप्टरबाट उद्वार

  • १ चैत्र २०७५, शुक्रबार
  • 2885 पटक पढिएको

म्याग्दी, १ चैत । रघुगंगा गाउँपालिका–८ स्थित मंगले खानीमा घास काट्ने क्रममा रुखबाट लडेर सक्त भएका घाईते मंगले खानीका ख बहादुर छन्त्याललाई हेलिकप्टरद्धारा उद्वार गरिएको छ ।
घास काट्न क्रममा खर्सुङको रुखबाट लडेका ८२ बर्षिय छन्त्याललाई स्थानीयको सक्रियतामा उद्धार गरि हेलिप्याड सम्म लिएका थिए । स्थानीयले उन्को उपचारका लािग प्रमु एयरको हेलिकप्टरमार्फत मणिपाल अस्पताल पोखरा लगिएको कुइँनेमंगलेका जितबहादुर सुनारले जानकारी दिए ।
लडेर सक्त घाईते भएका छन्त्यालको शरिरको तल्लोभागमा बढी चोट लागेको छ । सडक संजालको पहुँच कुइँनेमंगलेसम्म पुगेपनि भत्किएर जिर्ण छ । सवारी साधन त्यहाँसम्म पुग्न नसक्ने सडक छ । सडकमार्फत विरामी लिएर पोखरा पु¥याउन समय लाग्ने भएपछि हेलिकप्टरलाई सम्पर्क गरेर स्थानीयले सक्त घाईतेलाई उपचारका लागि पोखरा लगेका हुन् ।