पूर्व विद्यार्थीको सहयोग

  • १ चैत्र २०७५, शुक्रबार
  • 1798 पटक पढिएको

सेते तिलीजा

शिख १ चैत । अन्नपूर्ण गाउँपालिका ५ मा रहेको शिख माविलाई दुई जना पूर्व विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन् ।हाल जापानमा रहेका लिलाराम बुद्धुजा र सिंगापुरमा रहनुभएका लक्ष्मण बुद्धुजाले संयुक्त रुपमा २५ हजार रुपैयाँ उपलब्ध गराउनुभएको विद्यालयले जनाएको छ ।

शिख माविमा कक्षा १२ सम्मको अध्ययन गर्नुभएका वुद्धुजाद्धयले उपलब्ध गराउनुभएको रकम मध्य कक्षा ९ का सुवास परियार र लक्ष्मी पुर्जालाई दुई हजार पाँच सय रुपैयाँका दरले उपलब्ध गराइएको छ ।बाँकी बीस हजार रुपैयाँ अन्य गरिब विपन्न समुदायका जेहेन्दार विद्यार्थीलाई उपलब्ध गराउन बुद्धुजाद्धयले विद्यालयलाई अनुरोध गर्नुभएको छ ।