म्याग्दी नदीमा वेपत्ता किशोरको खोजीमा गोटाखोर टोली परिचालन

  • ३० फाल्गुन २०७५, बिहीबार
  • 3844 पटक पढिएको

बेनी ३० फागुन । बेनी स्थित म्याग्दी नदीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका किशोरको खोजीमा बिहीबार तालिमप्राप्त गोटाखोर टोली परिचालन गरिएको छ ।अन्नपूर्ण गाउँपालिका ८ राम्चे काफलडाँडा घर भई हाल बेनी नगरपालिका ७ मंगलाघाटमा बस्दै आएका १५ वर्षका हेमचन्द्र गर्बुजा म्याग्दी नदीमा पौडी खेल्ने क्रममा डुबेर बुधबार वेपत्ता भएका थिए ।

शसस्त्र प्रहरीको गोटाखोर टोलीले नदीभित्रै पसेर घटनास्थलमा दिनभर खोजेपनि नभेटिएको प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले बताए ।गर्बुजासँगै पौडी खेल्दा डुवेका बेनपा ७ महारानीथानका १६ वर्षीय निलप्रसाद छन्त्याललाई उद्धार गरेर बुधबारनै प्राथमिक उपचार पछि आफन्तको जिम्मा लगाएको थियो । गर्बुजा र छन्त्याल बेनी सामुदायिक माविको कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन् ।