प्रहरीसँग एक दिन कार्यक्रम

  • ३० फाल्गुन २०७५, बिहीबार
  • 1614 पटक पढिएको

बेनी ३० फागुन । समुदाय–साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय म्याग्दीले प्रहरीसँग एक दिन कार्यक्रम सुरु गरेको छ ।विद्यार्थीहरुलाई प्रहरीको गतिबिधि र उद्देश्यको बारेमा जानकारी गराउने, दुव्र्यसनी, अपराध, दुर्घटना, विकृति न्युनीकरणमा सघाउने उद्देश्यले कार्यक्रम सुरु गरेको हो । कार्यक्रम अन्तरगत बुधबार बेनीको लोकदिप आवासीय मावि, बेनी आवासीय र लिटिल गार्डेन एकेडेमीका ३० जना विद्यार्थी र ४ जना शिक्षकहरुले प्रहरी कार्यालयको भ्रमण गरेका छन् ।

प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले विद्यार्थी र शिक्षकहरुसँग अन्तरक्रिया गर्नुका साथै कार्यक्रम, कार्यालयका शाखाहरुको परिचय र प्रदान गर्ने सेवाको बारेमा जानकारी गराएका थिए । प्रत्येक हप्ता तीन वटा विद्यालयका दरले कार्यक्रम सञ्चालन गरिने प्रनाउ मरासीनिले बताएका थिए ।