क्षयरोगी पहिचान गर्न खकारको नमुना परिक्षण सुरु

  • ३० फाल्गुन २०७५, बिहीबार
  • 1143 पटक पढिएको

 

बेनी ३० फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगमा बिहीबारदेखि क्षयरोगी पहिचान गर्न खकारको नमुना परिक्षण सुरु भएको छ ।स्वास्थ्य मन्त्रालय अन्तरगतको राष्ट्रिय क्षयरोग केन्द्र काठमाडौको आयोजनामा बेग स्वास्थ्य चौकीमा तीन दिन सम्म साविक बेग गाविसको ५ वटा वडाका ५१० जनाको खकारको नमुना परिक्षण गरिने जनाइएको छ ।

क्षयरोगको अवस्था पहिचान गर्न नमुनाको रुपमा देशभरका ५५ जिल्लाको ९९ स्थानमा खकार परिक्षण गर्ने केन्द्रको कार्यक्रम छ । शिविरको बेगका वडा अध्यक्ष बिलप्रसाद फगामीले उद्घाटन गरेका थिए ।स्थानीयबासीको खकारको परिक्षण र एक्सरे गरेर क्षयरोगको अवस्था कस्तो छ भनेर नमुनाको रुपमा अध्ययन गर्न लागिएको गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक टिकाबहादुर शाहीले जानकारी दिएका थिए ।