बेनीमा निशूल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सुरु

  • २९ फाल्गुन २०७५, बुधबार
  • 2556 पटक पढिएको

 


बेनी २९ फागुन । बेनीमा बुधबारदेखि तीन दिने निशूल्क आँखा उपचार तथा शन्यक्रिया शिविर सुरु भएको छ । बेनीका विभिन्न लायन्स क्लवहरुले नेपाल खाँखा अस्पताल र नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखद्धारा सञ्चालित आँखा उपचार केन्द्रको प्राबिधिक सहयोगमा शिविरको आयोजना गरिएको हो ।

शिविरको प्रमुख आयोजक हामी नेपाली नाम गरेको संस्था रहेको छ । डाक्टर अर्चना शर्मा लगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोलीले सेवा दिने जनाइएको छ । बेनी अस्पताल परिसरमा शिविरको उद्घाटन गर्नुहुदै जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्रबहादुर केसीले दुर्गम ग्रामिण क्षेत्रका गरिब विपन्न समूदायका आँखाका बिरामीहरुका लागि विभिन्न संस्थाहरुले मिलेर गर्ने शिविरले सहयोग पुग्ने बताए ।

कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, प्रजिअ लीलाधर अधिकारी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य, बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल, हामी नेपालीका उपाध्यक्ष गंगाराम शर्मा, लायन्सको जोन चियर पर्सन दिपेन्द्र श्रेष्ठ, प्रमिला श्रेष्ठले मन्तब्य व्यक्त गरेका थिए ।

लायन्स कल्व म्याग्दी बेनीका अध्यक्ष किशोर श्रेष्ठको अध्यक्षता, बिनय श्रेष्ठको सञ्चालन र अम्बिका श्रेष्ठको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।लायन्स क्लव अफ बेनी म्याग्दी, म्याग्दी दोभान, बेनी मल्लाज, बेनी महारानी, बेनी सिटि, बेनी पिस सिटि, बेनी म्याग्दी संस्थाको सहयोग, बेनी नगरपालिका र आक्स फाउण्डेशन काठमाण्डौको समन्वयमा शिविर आयोजना भएको छ।
नेपाल आखा आखा अस्पतालको प्राविधिक सहयोगमा बेनी अस्पताल परिसरमा रहेको आखा उपचार केन्द्रमा तिन दिनसम्म सेवा संचालन हुने छ ।