काँग्रेस शीर्ष नेताहरुको म्याग्दी भम्रणको उपलब्धी !

  • २९ फाल्गुन २०७५, बुधबार
  • 2416 पटक पढिएको

म्याग्दी, २९ फागुन । पार्टीभित्रको आन्तरिक कलह बढीरहेका बेला नेपाली काँग्रेसको शीर्ष नेतृत्व म्याग्दीमा एउटै मञ्चमा उभिएर पार्टीलाई बलियो बनाउन एकताको उद्घोष गरेका छन् । पार्टीभित्रको भातृय संगठन नेपाल विद्यार्थी संघको महाधिवेशनको विवाद अहिले पार्टीमा उत्कर्षमा छ । शिर्ष नेताहरु एक–अर्कालाई दोसारोपण गरिरहेको बेला नेपाली काँग्रेस म्याग्दीले भने पार्टीका शिर्ष नेताहरुलाई एउटै मञ्चमा मात्रै उभाएन, एउटै कुण्डमा स्नान गरि सामिप्यता जोड्ने काम समेत ग¥र्यो ।

शनिवार काँग्रेस म्याग्दीको पार्टी कार्यालय ‘बिपि’ स्मृति भवनको उद्घाटनको लागि पार्टीका शिर्ष नेताहरु सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरु एकैसाथ म्याग्दीमा आएका हुन् । सभापति देउवा र बरिष्ठ नेता पौडेल पोखराबाट एउटै हेलिकप्टरमा चढेर बेनी नगरपालिका–४ तातोपानीमा ओर्लिएका थिए । त्यहाँ उनीहरुले एकैसाथ प्राकृतिक उपचारकेन्द्रको रुपमा परिचित सिंगा तातोपानी कुण्डमा अवलोकन संगै स्नान समेत गरे ।

म्याग्दी भ्रमणले काँग्रेस शिर्ष नेताहरुको धुमिल मनलाई पखाल्ने काम गरेको काँग्रेसका शुभेच्छिुकहरुको भनाई छ । शनिवार विहान म्याग्दी आइपुगेका नेता देउवा र पौडेल आइतवार विहान सम्म संगसंगै रहे । उनीहरु बेनीको होटल यतिमा संगै बसे भने आइतवार विहान गलेश्वर मन्दिरको दर्शनमा समेत संगसंगै पुगेका थिए । केन्द्रिय तहमा संगसंगै एउटै कार्यक्रममा सहभागी नहुने अबस्था सिर्जना भैरहेको सन्र्दभमा नेपाली काँग्रेस म्याग्दीका सभापती खमवीर गर्वुजाको बिशेष पहलमा दुई धु्रवमा विभाजित नेताहरु एउटै कार्यक्रममा सरिक हुन यहाँ आएका थिए । ‘‘दुई खेमामा विभाजित नेताहरु एउटै मञ्चमा आएर पार्टीलाई एकढिक्का बनाउने प्रण गर्नुभएको छ, म्याग्दीको कार्यक्रमले शिर्ष नेताहरुबिच रहेको मतभेदलाई हटाउन सहयोग पुगेको हामीले विश्वास लिएका छौँ’’–नेपाली काँग्रेस म्याग्दीका युवा नेता एवम पार्टीका सह–सचिब भरत रकालले भने ।

बेनीमा आयोजित आमसभामा पाटीका बरिष्ठ नेता पौडेलले समेत पार्टी सभापती देउवाप्रति लक्षित गर्दै बेनीबाट पार्टीलाई एकताबद्ध गराउने सन्देश दिनुपर्ने धारणा राखे । ‘तातोपानीमा हामी संगै स्नान ग¥र्यौ,तनको मैलो पखालियो, अब मनको मैलो पनि पाखालेर पार्टीलाई एकताबद्ध बनाएर अघि बढौँ’’ – वरिष्ठ नेता पौडेलले भने । उनैको भाषामा लय थप्दै सभापति देउवाले पार्टीलाई एकताबद्ध बनाउन आफु प्रतिबद्ध रहेको बताए । ‘‘ पार्टीमा एकता आबश्यक छ, पार्टीमा प्रतिस्पर्धा हुन्छ, निर्वाचत हुन्छ, हारजित पछि पनि फेरी पार्टीलाई बलियो बनाउनतर्फ लाग्नुपर्छ’’– पौडेलतर्फ लक्षित गर्दै सभापति देउवाले भने ।
                             धौलागिरिमा तीन दिन बिताए देउवाले
काँग्रेस सभापती देउवाले म्याग्दीमा दोस्रो पटक पाईला टेकेका हुन् । २०५७ साल पछि दोस्रो पटक म्याग्दी आएका देउवाले म्याग्दीमा एक दिन, बागलुङमा एक दिन र पर्वतमा एक दिन समय बिताएका हुन् । म्याग्दी काँग्रेसको विशेष कार्यक्रममा सहभागी हुन आएका काँग्रेस शिर्ष नेताहरु छिमेकी जिल्लामा समेत समय मिलाएपछि शिर्ष नेताहरुले यस क्षेत्रमा तीन दिन विताएको नेपाली काँग्रेस म्याग्दीका नेता एवम पूर्व सभासद रेशम बानियाँले बताए ।

उनले काँग्रेस शिर्ष नेताहरुको म्याग्दी भ्रमणले म्याग्दी जिल्लाको विकासमा दिर्घकालिन रुपमा सकरात्मक प्रभाब पार्ने बताए । सभापती देउवाले यस क्षेत्रमा तीन दिन खर्चिनुलाई महत्वको साथ हेरिएको छ । प्रमुख प्रतिपक्ष दलको मुख्य नेताको रुपमा देउवाले यस क्षेत्रमा पार्टीको जनाधार बुझ्ने, नेता तथा कार्यकर्ताहरुको मनोविज्ञान बुझ्ने र सरकारको काम कारबाहीबारे जनताको प्रतिकृया बुझ्ने काम समेत गरेका छन् ।

समृद्ध साप्ताहिक खवर पत्रिका फागुन २८ गतेमा प्रकाशित