मंगला– ३ बरंजामा हेलिप्याड निर्माण

  • २८ फाल्गुन २०७५, मंगलवार
  • 349 पटक पढिएको

म्याग्दी, २८ फागुन । म्याग्दीको मंगला गाउपािलका– ३ बरंजामा हेलिप्याड निर्माण गरिएको छ । आपतकालिन र विपद्को अवस्थामा उद्धार तथा राहतको कामलाई व्यवस्थित बनाउने उद्देश्यले बंरजाको महेन्द्ररत्न माविको परिसरमा हेलीकप्टर अवतरण गर्ने हेलीप्याड निर्माण गरिएको हो ।

जिल्ला विपद् व्यवस्थापन समिति म्याग्दीको ‘एक वाड एक हेलिप्याडको’ अवधारण अनुसार गाउँपालिका र वडाको समन्वयमा गलेश्वरस्थित शसस्त्र प्रहरी बलको टोली र जनप्रतिनिधि, कर्मचारी, विद्यालय र स्थानीयबासीहरुको सक्रियतामा मंगलबार हेलिप्याड निर्माण गरिएको बंरजाका प्राविधिक विपिन आचार्यले जानकारी दिए । यस अघि मंगला गाउँपालिकाकोे कुहुँ र हिदीमा हेलिप्याड निर्माण गरिएको छ।

बरंजामा रहेको ३ र ४ वडाका जनताहरुलाई सुविधा पुग्ने गरि हेलिप्याड निर्माण गरिएको मंगला गाउँपालिकाकी उपाध्यक्ष एवम् हेलिप्याड निर्माणको संयोजक सिर्जना केसीले जानकारी दिईन ।

भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका बस्तिहरुमा आकस्मिक बिरामी, दुर्घटना, पहिरो, बाढी, कटान, आगोलागीको अवस्थामा तत्कालै पुगेर उद्धार तथा व्यवस्थापनको कामलाई सहज बनाउन हेलीप्याड निर्माण अभियानले जिल्लाको सबै स्थानीय तहले प्राथमिकता दिएका छन् । भने मालिका गाउँपालिकाले सबै वडामा हेलिप्याड निर्माण भईसकेको छ । भने बेनी नगरपालिकाको भकिम्ली र गलेश्वर र रघुंगगा गाउँपालिकाको पाखापानी र कुइँनेमंगलेमा हेलिप्याड निर्माण गरिएको छ ।