चाउलेपानीबाट गुराँस, हिमाल र बेनी बजारलाई नियाल्दा (फोटो कथा)

  • २७ फाल्गुन २०७५, सोमबार
  • कमल खत्री
  • 2201 पटक पढिएको

कमल खत्री
म्याग्दी, २७ फागुन ।  कालिगण्डकी र म्याग्दी नदीको तिरमा रहेको सुन्दरनगरी बेनी बजार र धौलागिरि हिमाललाई गुराँसे जंगलबाट नियाल्न पाउँदा जो कसैको मन फुरुङ्ग हुने गर्छ । बेनी नगरपालिका–१ रत्नैचौरको शिरमा रहेको चाउलेपानीको डिलबाट यस्तै स्वणीम अनुभव संगाल्न सकिन्छ ।

चाउलेपानीको डिलमा लालिगुराँस फुलेर जंगल राताम्मे बनेको छ । राताम्मे जुराँसे जंगलबाट धौलागिरिको काखैमा देखिने बेनीबजारको दृष्य निकै लोभलाग्दो देखिन्छ ।

यो ठाउँबाट पृष्ठभुमिमा गुराँसे जंगल, बेनी बजार र धौलागिरि हिमाललाई राखेर तस्बिर लिन पाइने भएकाले बेनी बजार नजीकको पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने सम्भावना रहेको छ । बेनीदेखि लभ्लीहिल हुँदै ज्यामरुकोट र त्यहाँबाट अर्जम हुँदै चाउलेपानीबाट खवरा हुँदै बेनी फर्कर्ने गरि पदयात्रा र सवारी साधन हुँदै फन्को लगाउन सकिन्छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l