लिटल गार्डेन विद्यालयमा अध्ययनरत बालबालिकाहरुको स्वास्थ्य परिक्षण

  • २७ फाल्गुन २०७५, सोमबार
  • 2052 पटक पढिएको


म्याग्दी, २७ फागुन । सदरमुकाम बेनीमा रहेको लिटल गार्डेन एकेडेमी विद्यालयमा अध्ययनरत बालबालिकाहरुको स्वास्थ्थ परिक्षण गरेको छ । लिटल गार्डेन मन्टेश्वरीको आयोजनामा सोमबार पेले ग्रुपदेखि ३ कक्षासम्म अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिएको हो ।


पेले ग्रुप, मन्टेश्वरी तथा १, २ र ३ मा अध्ययन गर्ने ३ सय जना बालबालिकाहरुको उमेर अनुसारको तौल, आखाँ, घाटी, नाक लगायतका साधारण पक्षहरु के कस्तो छ अवस्था छ भन्ने अभिभावक र विद्यालयले जानकारी लिन स्वास्थ्थ परिक्षण गरिएको विद्यालयका संस्थापक निर्देशक बालकृष्ण सुवेदीले जानकारी दिनुभयो ।
विद्यालयको आयोजना बेनी अस्पतालका सहयोगमा एक दिवशिय बाल स्वास्थ्य शिविर आयोजना गरिएको हो । बेनी अस्पतालमा कार्यरत डाक्टर अनिल पौडल सहितको ४ जनाको टोलीले अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।


विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको विभिन्न समयमा गरिने स्वास्थ्य परिक्षणले विद्यालय र अभिभावकलाई बालबालिकाहरुलाई थप जिम्मेवार बनाउने बताउदै यसलाई निरन्तरता दिनुपर्ने सुझाव अभिभावक नानु थापाले दिएकी थिईन ।