बसन्त, रबि र जुना श्रीसको ‘जाम सुस्तै’ चर्चा बटुल्दै (भिडियो सहित)

  • २७ फाल्गुन २०७५, सोमबार
  • 3187 पटक पढिएको

म्याग्दी, २७ फागुन । नेपाली साँगेतिक बजारमा यसै साता सार्वजनिक भएको मौलिक लोकदोहोरी भाका ‘जाम सुस्तै’ले चर्चा बटुलेको छ । मायाँ प्रेममा आधारित मौलिक भाका र रोचक म्युजिक भिडियो सहित बजारमा ल्याईएको सो गीत अहिले आम नेपालीको जनजिब्रोमा बसेको छ ।

गीत सार्वजनिक भएको छोटो समयमै लाखौँ भ्युज पाएको सो गीतको युटुब भ्युज तिब्र गतिमा उकालो चढीरहेको छ । सालको पातको अपार सफलता पछी गीतकार तथा सर्जक बसन्त थापाले ‘जाम सुस्तै’ बजारमा ल्याएका हुन् । म्याग्देली गायक रबि कार्की सहित, गायक एवम सर्जक थापा र गायिका जुना शिरिष, आबाज रहेको गीतमा लय, शब्द बसन्त थापाले नै गरेका हुन ।

आशिष अबिरले गीतको संगीत संयोजन गरेको गीतको म्युजिक भिडियोमा बसन्त थापा, रवि कार्की, जाहान्वी बस्नेत, रामजी खाड, कुलेंद्र बिश्वकर्मा लगायतको नृत्य र अभिनय देख्न सकिन्छ । शिब बिकको निर्देशनमा तयार भएको भिडियोको ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन रहेको हुन भने भिडियोको सम्पादन बिकाश ज्ञावलीको रहेको छ ।