च्युरीबोटमा माओवादीको वडा भेला

  • ७ बैशाख २०७४, बिहीबार
  • 2919 पटक पढिएको

म्याग्दी, ७ वैशाख । मालिका गाउँपालिका ४ च्युरीबोटमा नेकपा माओवादी केन्द्रको वडा भेला विहिवार सम्पन्न भएको छ । केन्द्रका वडा संयोजक रेशम पुनको अध्यक्षतमा भएको कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक तथा केन्द्रिय पोलिटव्युरो सदस्य गोविन्द पौडेलले माओवादीको शसस्त्र सघर्षको जगबाट नयाँ संविधान जारी भएको बताउँदै संविधानको कार्यान्वयनको लागि आगामी स्थानीय तह निर्वाचनमा माओवादीको जित आबश्यह रहेको बताउनुभयो ।

उहाँले नयाँ संविधान मार्फत माओवादीले उठाएका संघियता, धर्मनिरपेक्षता, समानुपातीक समावेशीता जस्ता मुद्धाहरु स्थापित बनेको बताउँदै त्यसको कार्यान्वयन माओवादीको नेतृत्वले मात्रै गर्न सक्ने दावि गर्नुभयो । सो कार्यक्रममा स्थानीय समाजसेवि तथा माओवादी केन्द्रका दिलीप कुमार शेरचन, कमल केसी, नविन पुन लगायतले ओखरबोटमा माओवादीको जित सुनिश्चित भएको दावि गर्नुभएको थियो । सो अबसरमा स्थानीय खप्रसाद घर्ति, सिता श्रीपाली लगायतका अगुवाहरु विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गर्नुभएको बताइएको छ ।