मोना कुवेतको अध्यक्षमा विश्वकर्मा चयन

  • २६ फाल्गुन २०७५, आईतवार
  • 1867 पटक पढिएको

म्याग्दी २६ फागुन ।  म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको अध्यक्षमा प्रेम बहादुर विश्वकर्मा चयन हुनुभएको छ । मोना कुवेतको प्रथम अधिबेशनबाट बिश्वकर्माको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको हो । अधिवेशनबाट छ मानार्थ सल्लाहकारमा ज्ञानेन्द्र शर्मा, सल्लाहकारहरुमा नन्द बहादुर बरुवाल, रुपेन बिक्रम हमाल र तिकल भण्डारीलाई चयन गरिएको छ ।


अधिबेशनबाट महिला उपाध्यक्षमा आशा बस्याल,उपाध्यक्षमा दीपक छन्त्याल, खिम गिरी, मान बहादुर फगामी, महासचिवमा चन्द्र बिस्वकर्मा, सचिवमा शेर सुनार, सह–सचिवमा तेजिन श्रेष्ठ, कोषाध्यक्षमा कृष्ण बहादुर खड़का र सह–कोषाध्यक्षमा तुल बहादुर पुन चयन हुनुभएको छ । त्यसैगरि सदस्यहरुमा अर्जुन शाही, खेम परिवार, झलक बरुवाल, चित्र बहादुर विस्वकर्मा, बाबुराम गौतम, लालू परियार, रवीन जुग्जाली, जस विस्वकर्मा, बिमल पुन, लोकेन्द्र फगामी र अमर कटवाल रहेका छन ।

मोना कुवेतको संयोजक प्रेम बहादुर बिश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदुतावास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्माले उद्घाटन गर्नुभएको थियो । बिमल पुनले स्वागत गरेको कार्यक्रममा चन्द्र बिश्वकर्मा र कृष्ण प्रसाद खड्काले सञ्चालन गरेका थिए भने संस्था र कार्यक्रमको बारेमा सल्लाहकार तिलक भण्डारीले प्रष्ट पारेका थिए । मोना अन्तर्रािष्ट्रय कार्यसमिति द्वारा एक करोड महिला तथा बालबालिका अक्षयकोष स्थापनको लागि मोना कुवेतले पनि उक्त अक्षयकोषमा एक लाख आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।


उक्त कार्यक्रममा जनजागृती युवा क्लबका अध्यक्ष टिकाराम आचार्य, नयाँ शक्ति नेपाल कुवेतका महासचिब जयनारायण थारु माझी, सुदुरपश्चिमेलि सेवा समाल नेपाल कुवेतका अध्यक्ष अमर खडका , आदिवासी जनजाती महासंघ कुवेतका महासचिब मन्जित चाम्लिङ राइ, एनआरएनए कुवेतका अध्यक्ष सुमित्रादेबि पौडेल र नेपाली दूतावास कुवेतका श्रम सहचारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।