कैदी बन्दीहरु सिपमुलक काममा ब्यस्त

  • २६ फाल्गुन २०७५, आईतवार
  • धिरन खत्री
  • 3039 पटक पढिएको

 

म्याग्दी, २६ फागुन। कानुनी सजाय भोगेर जिल्ला कारागारमा थुनिएका कैदीहरुको दैनिकी सिपमुलक काममा ब्यस्त बनेको छन । कानुनी सजाय भोगेर जिल्ला कारागार म्याग्दीमा थुनिएका ९१ कैदीहरु मुडा तथा सोफा बुनेर दैनिकी ब्यस्त बनाएका हुन् ।


जिल्ला कारागारमा ८४ जना पुरुष, ७ जना महिला रहेका छन् । जवरजस्ती करणी, कतव्र्यज्यान, लागुऔषधी, चोरी लगायतको क्षेत्रमा संग्लन रहेर कानुनी सजाय भोग्दै कारागारमा थुनिएका हुन् । कारागारतमा १६ बर्षदेखि ४० बर्ष उमेरका युवाहरु बढी रहेका जिल्ला कारगार प्रमुख राजेन्द्र शर्माले बताए ।


कारागारमा थुनिएका कैदीहरुले मुडाका आवश्यक सामानहरु खरिद गरेर मुढा बुन्दै ४ सय रुपैया देखि ७ सय रुपैयामा विक्रि गर्दै आएका छन् । उनीहरुले मुडा, सोफा, टेवल लगायतका सामानहरु बनाउदै विक्रि गरेर दैनिकी चलाउदै आएको कारागार नाईके रमेश विकले बताए । कैदीहरुले निर्माण गरेको सामाग्री कारागारमै पुगेर ग्राहकहरु किनेर ल्याउछन् ।


सामाजिक देखासिकी मध्यपान लागुऔषधी सेवन गरेर राज्यको नियम विपरित गतिविधिमा संग्लनमा ठहरिएर युवाहरु बढी थुनिएका छन् । समाजमा फरक घटनामा संग्लन भएर कानुनी सजाय भोगेका केदीहरुले सिपमुलक काममा ब्यस्त बनाएर आम्दानी तर्फ लाग्नु राम्रो देखिन्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l