मेरो पालो आउदा

  • २८ आश्विन २०७३, शुक्रबार
  • 2203 पटक पढिएको

म शहरका पाँच तारे होटलहरुका
पार्टीमा रमाईरहेको बेला
गाउँमा
मेरा बृद्ध अबस्थाका आमा बाबा
दीर्घरोगको बिच्छ्याउनामा
छट्पटाइरहेका होलान्
म भोड्का र ह्वीस्किको नसासंग
लठ्ठिदै प्रेमिकाको अंगालोमा
आफुलाई डोर्याउदा
उता आमाबाबा
लठ्ठीको साहारामा
भित्र बाहिर गर्दै होलान्
म रातभर प्रेमिकासंग फोनमा
अश्लिल वार्तालाप गरिरहँदा
मेरा बाबाआमा
मसंगको सामीप्यताको कल्पना गर्दै
सपनामा रमाइरहेका होलान्
मैले मेरा बाबाआमाको कुरा उसंग
गर्दा
भर्भराइरहेको आगोको आवाज सुन्दै
मेरो आगमनको खुसी संगाल्दैहोलान्
उन्ले भन्छिन् मलाइ
मेरो प्राण अब हाम्रो जीवनमा
हामी दुई बाहेक कोही आउने छैन
अनि बाबाआमा ?
के म मेरो सपनाको संसार छाडेर
डाँडामाथिका जुन घामसंग
सम्झौता गर्न जाउँ?
म चाहन्छु बाबुआमाको
कचकचबाट संधैको लागि
मुक्ति मिलोस्
यो परम्परा अनन्तदेखि चलेकै हो
मेरा बाबाले हजुर बाबालाई गरे,
मैले बाबाआमालाई अनि
मलाइ मेरा छोराले
बल्ल झस्कन्छु।
मेरो छोराले मलाइ छोड्न सक्दैन
किनकी उसलाइ म सबै पु¥याउने छु
शहरमा राख्ने छु
छोरो ठूलो भयो
अनि धेरै पढ्यो, एकदिन उस्ले भन्योे
बाबा म बिदेश जाँदैछु सधैका लागि,
मैले बल्ल बाबाआमालाई सम्झिए
दौडदै भेट्न जान मन लाग्यो तर
सम्झिएं केही वर्ष पहिलै
हतार हतार गएर
काज किरिया गरेर आएको थिए
मत त्यति काममा त गएको थिए
मेरो छोरो त म मरेपनि आउँदैन
होला ।
बल्ल व्युझन्छु कल्पनाको एक्लोपन
सम्झेर फेरि मेरो पालो आउँदा के
होला ।।।

हिरा पौडेल, म्याग्दी